काठमाडौ । २०७९ साल मङसिर ४ गते सरकारले प्रदेश तथा संघीय निर्वाचन सम्पन्न गर्ने भनेर मिति घोषणा गरिसकेको छ। सत्ता गठबन्धनको बैठकले पनि आसन्न चुनाव सम्म गठबन्धनलाई निरन्तरता दिने भनेर औपचारिक निर्णय पनि गरिसकेको अवस्था छ। चुनावी मिति घोषणा सगै पार्टीका सम्भावित उम्मेदवारको टिकट पाऊँनको लागि दौड़धूप र आन्तरिक गृहकार्य समेत शुरू भैसकेको छ।
यसै सन्दर्भमा रूपन्देही जिल्ला अन्तर्गतको क्षेत्र नम्बर-२”क” बाट नेपाली कांग्रेसका युवा तथा बौद्धिक र प्रखर व्यक्ति चित्र के.सी.को उम्मेदवारीको चर्चा शुरू हुन थालेको छ। स्थानीय चुनावमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदको लागि पनि उनी नगर समितिबाट सिफारीसमा परेका थिए। अन्तिम समयमा उनले टिकट प्राप्त गर्न सकेनन । पार्टी भित्र र बाहिर पनि स्पष्ट विचार राख्ने, समाजलाई परिवर्तन गर्नको लागि ऊनै जस्तो स्पष्ट भिजन, इच्छा शक्ति र सक्षम युवा नेता अहिलेको आवश्यकता हो भन्ने ठम्माइ स्थानीय जनताको छ। पार्टी भित्र २०४३ साल देखि निरन्तर लाग्दै आएका के.सी.राजनीति यात्रा ३६ बर्ष पुगिसक्यो। उहाँको उम्मेदवारीलाई फरक बिचार राख्ने र तटस्थ जमातले पनि सकारात्मक रूपमा लिने संकेत स्थानीय चुनावको समयमा पनि पाईएको थियो। अहिलेको वर्तमान समय पनि युवा नेतृत्व त्यो पनि समाज परिवर्तन गर्न सक्ने आऊनु पर्दछ भन्ने आम जनताको चाहना छ। उहाँको उम्मेदवारी नेपाली कांग्रेस पार्टीको लागि बलियो र समय अनुकूल हुन सक्ने विश्लेषण गरिएको छ।
२०५६ सालको आमनिर्वाचनको दौरानमा राष्ट्रिय जनमोर्चाको भौतिक आक्रमणबाट धंनै ज्यान गएको थिएन। बायाँ खुट्टा भाचिएको थियो। के.सी.को राजनीति योगदान र पृष्ठभूमि गहकिलो छ, वैचारिक क्षमता छ। सबैलाई सम्मान र समेटेर लैजान सक्ने खूबी छ। उनी उम्मेदवार भएको अवस्थामा हामी पार्टी हेर्ने कुरा हुन्न भनेर फरक विचार राख्नेहरुको मत पनि छ।
