शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

हाप्किडो खेलाडी भुवन बुढा मगर राष्ट्रिय खेलाडी सम्मानबाट सम्मानित

मंगलबार, साउन १७ २०७९

काठमाण्डौं – हाप्किडो खेलाडी भुवन बुढा मगर राष्ट्रिय खेलाडी सम्मानबाट सम्मानित भएका छन् । मगरलाई निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा सम्मान गरेका हुन् । रुकुममा जन्मिएका बुढा मगर विगत १ दशक देखी खेल क्षेत्रमा सकृय छन् । निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यको हातबाट सम्मान ग्रहण गर्न पाउँदा आफूलाई गर्व महशुस भएको खेलाडी मगरले प्रतिक्रिया दिए । भुवन बुढा मगर हाप्किडो खेलाडी साथै खेल प्रशिक्षक हुन् । साबिकको मोराबाङ ८ झुम्लाबाङ रुकुम र हाल भुमे गाउँपालिका ३ रुकुम पुर्व स्थायी ठेगाना भएका उनको बुवाको नाम कर्ण बहादुर बुढा र आमाको नाम दिल कुमारी बोहरा हो । उनी विगत एक दशक देखी खेल क्षेत्रमा सकृय छन् । मगर नेपाल मार्शल आर्ट्स हाप्किडो संघबाट ४ डान उपाधी प्राप्त अब्बल खेलाडी हुन्। दाङ मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष रहेका मगर नेपाल मार्शल आर्ट्स हाप्किडो संघको प्रमुख प्रशिक्षक समेत हुन् ।

रोल्पा परिवर्तन गाउँपालिकाद्धारा आयोजित सहिद स्मृति राष्टिय हाप्किडो प्रतियोगितामा स्वर्ण पदक जितेका भुवन बुढा मगरल काठमाण्डौंमा सम्पन्न चौथो राष्ट्रिय हाप्किडो प्रतियोगितामा समेत स्वर्ण पदक जित्न सफल भएका थिए । त्यसैगरि उनले भारतको नयाँ दिल्लीमा सम्पन्न दोस्रो साउथ एसियन हाप्किडो प्रतियोगिता, माण्डबी गाउँपालिका प्युठानमा आयोजित पाचौं राष्ट्रिय हाप्किडो प्रतियोगिता र बेल्कोटगढी नगरपालिकामा छैठो राष्ट्रिय हाप्किडो प्रतियोगिता उपमेर कप तथा सहिद स्मृति कप अन्तर्गत आयोजित प्रतियोगितामा समेत स्वर्ण पदक जितेका छन् ।
त्यसो त उनी नेपाल मार्शल आर्ट्स हाप्किडो संघ केन्द्र र ग्लोबल हाप्किडो संघ अमेरिकाद्रारा पोखरामा आयोजित प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्ट्स हाप्किडो सेमिनार माझ उत्कृष्ट प्रशिक्षक घोषित हुदै सम्मानित भैसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार