काठमाडौं । दोस्रो पुस्ताका नेपाली नागरिक नभएका खेलाडी तर बुवा आमा बाजे बराजु नेपाली रहेकाहरुले अन्तरास्ट्रिय स्तरको खेलमा नेपालको तर्फबाट प्रतिनिधि गर्न पाउनु पर्ने बताएका छन् सोकालागि गैरआवासीय नेपाली संघका अभियान्ताहरुले सहजीकरण गरिदिन आसोसनले आग्रह गरेको छ।
गैरआवासीय नेपाली संघका अभियान्ता ज्युहरुमा नमस्कार।
महोदय,
उपरोक्त सम्बन्धमा हिजो मिती जुलाई ८ तारिक बसेको बैठकले हिजोको मितीबाट हाम्रो गैराअवासीय नेपाली संघलाई पनि मुल समारोह समिती भित्र अरु प्रदेश अरु बिभाग्य स्वरुप अनुमोदन गरेको छ र हाम्रो संघको तर्फबाट यस प्रथम समारोहमा भाग लिएको थियौ र यसै सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालयले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तिब्रता दिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’को अध्यक्षतामा आज प्रतियोगिता मूल आयोजक समितिको बैठक बसेको थियो र असोज २८ देखी कार्तिक ३ गतेसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजक समिति सक्रिय भएको छ । बैठकले प्रतियोगिताको तयारीलाई तिब्रता दिन विभिन्न उपसमितिहरु बनाएर अघि बढ्ने बताईएको छ । आज मुल आयोजक सिमितिको पहिलो बैठक बसेको हो । बैठकमा बोल्दै मन्त्री अथकले यसपालीको खेलकुद प्रतियोगिता भव्य हुने प्रक्षपण गरे । यो प्रतियोगिता भव्य रुपमा सम्पन्न गराउनका लागि संघीय सरकार भन्दा पनि प्रदेशहरु बढि सक्रिय हुनुपर्ने तर्क गरे । उनले भने, नावौं राष्ट्रिय खेलकुदलाई नीजि क्षेत्रको समेत साझेदारीको रुपमा जोडेर यसलाई पारदर्शि र प्रभावकारी बनाउनु पर्दछ । सरकारले ठूला ठूला पूर्वाधार बनाउने हो । यस्तो सहभागितामुलक कार्यक्रममा नीजि क्षेत्रलाई समेत सामेल गराउने विश्वव्यापी प्रचलन छ ।’ मन्त्री ‘अथक’ले नेपालमा खेलकुदको बृहत्तर प्रभावबारे बुझाउनै नसकिएको टिप्पणी गरे । खेलकुदलाई सामान्य ढंगले लिने परम्परागत सोच नेपालका राजनीतिज्ञ र व्यूरोक्र्याटमा समेत रहेको बताउँदै उनले परम्परागत सोच बदल्न आग्रह गरे । खेलकुद पछिल्लो विश्वमा उदाउँदो अर्थतन्त्र, राष्ट्रियता, अन्तराष्ट्रिय सम्बन्ध र भाइचारा तथा स्वास्थ्य जस्ता विषयमा समेत केन्द्रीय हुने गरेको तर्क गरे । ‘खेलकुद भनेको पछिल्लो विश्वको उदाउँदो अर्थतन्त्र हो । यो सामान्य क्रियाकलाप होईन । राष्ट्रिय एकता, सद्भाव, अन्तराष्ट्रिय सम्बन्ध, स्वास्थ्य जस्तो विषय समेटिएको महत्वपूर्ण पाटो हो । तर हाम्रोमा खेलकुदबारेको बुझाई राम्रो छैन । हामीले बुझाउन सकेका रहेनछौं, उनले थपे । निर्वाचनको एक महिना अघि नै खेलकुद प्रतियोगिता सकिने उल्लेख गर्दै मन्त्री अथकले चाड पर्वका बेला खेलकुद हुँदा प्रतियोगिताहरु अझ प्रभावकारी हुने र चाडका बेला सवैले खेलकुदबाट मनोरन्जन लिन सक्ने बताए खास गरी एन आर एन एका साथीहरुलाई चाडपर्ब परेकोले धेरै राम्रो हुने भनेर पनि भनेका थिए र यो मिती कुनै पनि हालतमा नसर्ने भनेर भनेका पनि छन।

आज निर्णय भएको कुराहरु:
१) ६० करोड नवौं राष्ट्रिय खेलकुदको लागि छुटाइएको।
२) जम्मा ११ टिममा जस्ले बेसी मेडल जित्छ उस्ले रनीङ सिल्ड र १० लाख नगद र हरेक प्रदेशको मुख्य शहरमा ओल्म्पियन साथीहरु सहित त्यस सिल्डलाई लगिने।
३) ११ टिमले आफ्नो आफ्नो प्रदेश वा बिभाग्य झल्किने एउटा झाँकी नाच उद्घाटनको दिन देखाउनु पर्ने।
४) नवौं राष्ट्रिय खेलकुदका लागि सचिवालय साउन महिनाको पहिलो हप्ताबाट एउटा राष्ट्रिय खेलकुदमा र पोखरा गरेर २ वटा सचिवालय सन्चालनमा ल्याउने।
५) संघको तर्फबाट हामीले राखेको प्रश्नलाई NOC ले हेरी मन्त्री परिषदमा लगि तुरुन्त जानकारी गराउने।
हाम्रो प्रश्न थियो: हाम्रो दोस्रो पुस्ताका नेपाली नागरिक नभएका खेलाडी तर बुवा आमा बाजे बराजु नेपाली रहेकाहरुले अन्तरास्ट्रिय स्तरको खेलमा नेपालको तर्फबाट प्रतिनिधि गर्न पाउनु पर्छ यसको बारे हामीलाई सहजिकरण गरिदिनु हुन अनुरोध भनेकाहुनाले यस्को सुन्वाइ हुने आसोसन रहेको छ।
नोट: अब सरकार नै तातिएको बेलामा हाम्रो संघ र हाम्रो अग्रज ज्युहरु र हामी एन आर एन ए का सबै अभियान्ताहरु पनि त्यतिकै तातिनु पर्छ यो खेल गराउन भन्ने हामी सबैको मन्यता सहित बिनम्र अनुरोध !