आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

स्थानिय निर्वाचन २०७९ लाई नियालेर हेर्दा, विमल सुबेदीको लेख

शनिबार, जेष्ठ ७ २०७९

भनिन्छ आवदिक निर्वाचन लोक्त्रन्त्रको सुन्दर पक्ष हो निर्वाचन ले लोक्त्रन्त्रलाई स्थाइत्व दिन्छ नेपालको संविधान २०७२ घोषणा पछि स्थानिय तहको अहिले भएको निर्वाचन दोस्रो निर्वाचन हो र संविधान अनुसार नै यो निर्वाचन समयमा सम्पन्न भएको छ। नेपालको विगतको इतिहास लाइ हेर्ने र राजनैतिक रुपमा छिट्टो छिट्टो तरङ्ग फैलिने हाम्रो जस्तो अल्पविकसित मुलुकमा ब्यबस्था को स्थाइत्व को विषयमा संधै आसंकाको वादल हरु मडारी रहँदो रहेछ भन्ने कुरा यसपालिको निर्वाचन सम्पन्न नहुँदा सम्म पनि नेता हरुको दाउपेच तथा घोचपेच ले पनि ढुक्क साथ् निर्वाचन हुन्छ भनेर जनमानस निर्धक्क थिएन। यद्दपि विगतमा जस्तो निर्वाचन वहिस्कार र पासविक आक्रमणका धम्किहरु सर्व साधरणले ब्येहोर्नु परेन थवाङ्गका जनताले समेत मतदान यसपाली सहज रुपमा गर्ने अवसर जुर्यो। व्यवस्था परिवर्तनको लामो यात्राले अपेक्षाकृत समृद्धि र सुशासन ल्याउन नसक्नु र राजनैतीक दल हरुले समाज केन्द्रित भन्दा पनि आत्म केन्द्रित भएर राज्य सक्तिमा पुग्ने प्रपंच लिएर अगाडि बड्दा सत्ताको तावेदारी वैचारिक स्वखलन ले प्राप्ती गर्नु पर्ने उपलब्धि हुन नसके पछी यस किसिमको नैरस्यता देखिनु स्वाभाबिक हो ।
झण्डै दुइतिहाइको मत साथ स्ताताको तावेदारी गरेको तत्कालिन नेकपा का नेताहरु स्वार्थ परक वाक्युद्दमा को भन्दा को कम को सैलिमा अगाडि बढे पछी लोक्त्रन्त्रको गला निमोठिनी गरेर अनुदारवादी सैलिमा पटक पटक संविदानमा नभएको धारा पर्‍योग गरी प्रतिनिधि सवा बिघटन गरेको तत्कालिन ओली नेत्रित्वको सरकार लाई विस्तापित गरी बनेको पाँच दलिय गठबन्दनको सरकारले सम्विधान सम्वत तरिकाले अगाडि बड्न स्थानिय निकाएको चुनाव २०७९ जेष्ठ ५ भित्र गर्नै पर्ने थियो । ब्यापक होमवोर्क बिनानै गरिएको निर्वाचन परस्पर विरोधी विचार धारा बोकेका दल हरुको आँट र भरोसा लाई मान्नै पर्ने हुन्छ पर्दछ । गठबन्धन दलभित्रको एकमतले कम्तिमा २०७२ सालको सन्विधान लाई बचाएर अगाडि बड्ने स्थितीमा एक इटा थपिएको छ । यदी यो निर्वाचन गराउन नसकेको भए हामी राजनैतीक रुपमा संकटमा थियौ नै संबैधानिकरुपमा पनि संकटमा पर्ने थियौ ।

सशास्त्र हतियार उठाएर सान्तिपूर्ण राजनीतिमा होमिएको नेकपा माओवादी, नेकपा एमाले बाट छुटिएर बनेको नेकपा एकिक्रित समाजवादी, मदेस वादीदल नेकपा मसाल जस्ता बाम्पन्थी दल हरु सँगको सहकार्य त्यो पनि चुनाव मा संयुक्त उमेद्वार उठाउने गरी विभिन्न दलका कार्यकर्तालाई मनाउन फलामको चिउरा चपाउनु जस्तै कठिन कुरा हो । राजनैतीक नेत्रित्वले गरेको निर्णय र चुनावी पारीणाम आउँदा तत्कालिन अवस्थामा तितो पूर्ण भए पनि राजनैतीक स्थिरताको लागि सहि रहेछ भन्ने कुरा जनमत बाट छर्लङ भएको छ । तथापी अव विवाद छन्दै छैन भन्ने बिषय हैन र गठबन्दन दल र नेपालका राज्नतिक पाट्री हरु दुधले नुहाएको भनेर भन्न सक्ने अवस्था छैन । जनचाहना नबुजी परम्परागत मत प्राप्तिको आधारमा उमेद्वार लिनेदिने काम भने त्यती सुखद हैन र र निर्वाचनमा त्यस्को असर कहिन कही देखिएको छ । राजनैतीक दल हरुले पनि जनताले मत दिए भन्दैमा हामीले जे जस्तो निर्णय गर्दैमा जनताले मत हाली हाल्छन भन्ने मान्यता बाट अब पछी हट्नु पर्दछ । एक दुई थान वागी मत्रै विरोदी अरु सवै हाम्रो साथ छन भनेर नबुज्न को लागि नेत्र्तिव पंतिलाई सचेत रहन कार्यकर्ताहरुको खवरदारिले स्पस्ट पार्दछ । अहिलेयै कती देखियो देखिएन भन्नु पर्दा पनि राजनैतीक दलका नेता कार्यकर्ता हरुले निर्णय नमानेर स्वतन्त्र र पाट्री चेन्ज गरेर उमेद्ववार वनेका प्रसस्तै उदाहरण पाहिए । इमान्दार, सक्षम हरुले पाट्री छोडेर स्वतन्त्र उमेद्वार बन्न पर्ने अवस्था लोकतन्त्रकोलागी खतराको घण्टी बजेको हुनसक्दछ नेत्रित्व पंतिले समयमा मनन गर्नु जरुरी छ । लोक्त्रन्त्रमा उमेद्वार बन्ने र मत हाल्ने अधिकार सवैमा हुन्छ सवैले आफ्नो अधिकार प्रयोग गर्न सकेमा मात्र लोक्त्रन्त वलियो हुन्छ ।

समाजसंग मान्छे त्यती सहज रुपमा जोडीदैन र समाज संग नजोडीएको मान्छे सामाजिक भन्दा पनि ब्यक्ती बादी प्रविर्तिका हुन्छन तसर्थ हाम्रो उमेद्वार चयन प्रकृया धर्म, क्षेत्र, जाति या छालाको रङका आधारमा विभाजित गरेर चयन गर्दा त्यसले समग्र समाजको उथ्थान्को भाषा बोल्न सक्दैन तसर्थ भबिस्य मा यसरी उमेद्ववार दिनै पर्ने बाद्ययताको पनि अन्त हुनु पर्ने निर्वाचन को पारीणाम बाट देखिन्छ । समाज मा आवद्द सामाजिक ब्यक्तित्व हरुले आफु उमेद्वार बन्न स्वतन्त्र उमेद्वार दिन पर्ने बाद्यताले राजनैतीक दल हरुसँग को वितिस्णालाई बडाउँदछ भने, प्रविधिको आधुनिक समयमा पनि परन्म्परागत मत्दान प्रकृया र गणना विधिले हाम्रो पछौटे पन्लाई विस्व जनमानसले कुरीकुरी भन्योकी भनेन होला त्यही अनुसार निर्वाचन आयोग लाई सक्षम र प्रबिदीयुक्त बनाउन जरुरी देखिएको छ । अपेक्षित र सन्तुलिशित बिकासको अभाब र लाभ्को पदमा पुगेका हरुको अकुत द्र्ब्य मोह लगायतले समाज संग नजोडीएका मान्छे हरुले पनि समाजमा देखिएर जनताको नैरस्यताको फाईदा उठाइ रहेको पनि नतिजाले देखाएको छ । यो सवै राजनैतीक नेत्रित्व को कम्जोरिले निम्ताएको समस्या हुन समग्रमा सहि उमेद्वार चयन मा राज्नैतिक दल चुकेकैले हाम्रो लोक्त्रन्त्र भित्र गम्बिर समस्या हरु थपिन्दै गएका छन यसको न्युनी करण जरुरी छ भन्ने सन्देशपनी निर्वाचन ले दिएको छ । समयमा राजनैतीक नेत्रित्वले समयमा यो भाषा बुजेन भने देश बिस्तारै लोक्त्रन्त्र पक्षधर हरुको हात बाट नफुत्केला भन्न नसक्ने सन्देश यो निर्वाचनले दिएको छ ।

नेपालको संबिधान २०७२ अन्तर्गत स्थानिय तहको निर्वाचन २०७९ वैशाख ३० गते सुक्रवार नेपाल भरि एकै चरणमा सम्पन्न भयो यस मानेमा पनि यो निर्वाचन निकै महत्वपूर्ण रयो । हुनत नेपालको २०४६ सालको राजनैतिक परिवर्तन पछि अहिलेको निर्वाचन स्थानिय तहको चौथो निर्वाचन हो भने । देशै भर एकै दिन एसरी २०४६ सालको परिवर्तन पछाडि कुनै पनि स्थानिय तहको निर्वाचन गरिएको थिएन २०४९ र २०५४ को स्थानिय निर्वाचन दुइ चरणमा गरिएको थिए भने २०७४ सालको निर्वाचन पटक पटक गरि तिन चरणमा गरिएको थियो । यो निर्वाचन यसमानेमा पनि महत्वपूर्ण रयो छिट्फुट घटना वाहेक २०४९ साल्को स्थानिय निर्वाचन पछीको पहिलो भय रहित बातावरण मा सम्पन्न भयो । यसको श्रेय नेपाल सरकार र निर्वाचन आयोग लाइ दिनै पर्दछ । विषेश रुपमा निर्वाचन आयोग ले जुन दिर्ड्ड्ता प्रस्तुत गरेको छ उसको साहस यसको लागि निर्वाचन आयोग लाई धन्यवाद नदिही रहन सकिदन ।
लोकत्रान्त्रिक मुलुकमा हुने संसदीय र स्थानिय तहको निर्वाचन मध्ये स्थानिय तहको विकास र स्थानिय जनतालाई सुविधा उपलब्ध गराउने द्रिस्टिकोण ले स्थानिय निर्वाचन संसदीय निर्वाचन भन्दा महत्व पुर्ण मानिन्छ । अन्तरास्ट्रीय रुपमा हेर्दा स्थानिय तहको विकास निर्माणमा र जनता संघ सहकार्य गर्न अब्बल ठहरिएका नेता सिद्दै देसको प्रधानमन्त्री र रास्ट्रपति सम्म सहज रुपमा बनेको उदाहरण दिन सकिन्छ । बोरिसएल्सिन रसियाका पुर्व रास्ट्रपती, बोरिसजोन्स नबेलायतका बर्तमान प्रधानमन्त्री, सिंगापुरका पुर्व रास्ट्रपति, इरानका रास्ट्रपति लगायतको नाम लिन सकिन्छ । उहाहरु महानगरको मेयर बाट सिदा देशको नेत्रित्व लिन सक्षम हुनुभएको हो । हाम्रै छिमेकी मुलुक भारतका वर्तमान प्रधानमन्त्री पनि गुजरात राज्यको मुख्य मंत्री बाट त्यो स्थान हासिल गर्न सफल हुनु भएको छ । तर हाम्रोमा नेताहरुले स्थानिय तहलाई विकासको योजना संग नहेर राजनीतक जित हारको एजेण्डाको रुपमा लिने र संघियतामा पनि विकासको एजेण्डा केन्द्र सरकार र संसदको वडी अधिकार रहने रणनैतिक सैलिको कारण क्षमता वान हरुले स्थानिय निकाएको चुनाब मा आफ्नो उमेद्वारी प्रस्तुत गर्न नसकेको स्पस्ट छ । ढिलो चांडो संघियतामा केन्द्रको मुख ताक्ने प्रविधिको अन्त्य हुँदै स्थानिय निकाय बाट नै नेतृत्वमा पुगेर देश विकासको अबधारणा अघाडि बडाउन सकिन्छा भन्ने मान्यता स्थापित हुन सकोस र स्थानिय सरकार विकास संघ जोडियोस र केन्द्रिय सरकार कानुन संघ जोडियोस देसमा मौलिक हकको ज्ञारेन्टी हुँदै कानुनि राज्य स्थापना हुन सक्ने कडीको रुपमा लोक्त्रन्त्र अगाडि बडोस र भबिस्यका निर्वाचन पारदर्शी र कम खर्चिलो हुँदै सामाजिक ब्यतित्व हरुले समाजको नेत्र्तिव लिन सक्ने गरी देश अगाडि वडन सकोस यो निर्वाचनले त्यो सन्देश खोजेको छ ।
२०७९ स्थानिय तहको निर्वाचनले निम्न कारणले महत्व
राख्द छ । १) प्रतिगमन लाइ परस्त गर्न : नेपलको राज्नैतिक इतिहासमा २००७ सालको परिवर्तन एक कोशे ढुङा स्थापित भएको थियो त्यतिबेला देखिनै कुनै नै कुनै रुपमा प्रजातान्त्रिक विधी पद्दतिको घाँटी निमोठिने कार्य कुनै न कुनै समयमा हुँदै आएको छ । लोक्त्रान्त्रिक विधि र पद्दतिको प्रम ले आफ्नो सन्किको भरमा ब्यबस्था नै खतरामा पर्ने गरी कदम नचालोस भनेर नै संविधानमा स्पस्ट उल्लेख लोक्त्रान्त्रिक पद्दतिको जेगर्ना गर्न सकिएको अनुमान गरिएको मसी सुक्न नपाउंदै जहाँ बाट डर थियो त्यहिबाट संविधानको खिलाप प्रतिनिधि सभा विघटन गर्ने दुसाहस भए पछी लोक्त्रन्त्रको खातिर भिविन्न दल हरुमिलेर बनेको सरकारले स्थानिय चुनाव मा एउटै उदेस्यका साथ सयुक्त उमेद्वार खडा गरी जान सक्ने बातावरण बनाउन सक्नु र जनताले नि सोही दल हरुलाई विजय गराउनुले केही हद सम्म प्रतिगमन कारीलाई परस्त गर्न सकेको तर पूर्ण रुपमा नभएको ले अजै पनि गठवन्दन दल हरुको एकता आवश्यक रहेको प्राप्त मत बाट स्पस्ट भएको छ ।

२) प्राप्त उपल्ब्धिलाइ सन्स्थागत गर्न : नेपालमा जव जव प्रगिगमन्का विरुद्द राज्नैतिक दल हरु एक जुट भएका छ्न तब तब राज्नैतिक परिवर्तन हरु सम्वभ भएका छ्न जव जव परिवर्तन सिल सक्ति हरु आन्तरिक प्रतिस्पर्दामा रह्नन्छ्न प्रतिगमन कारिले टाउको उठाउन्छ्न । हिजो सवै राजनैतिक दल एकातिर बसेर नेपालि काङ्रेसलाइ मात्र राज्नैतिक सत्रु मानेर एक मतका साथ अगाडि बड्डदै गर्दा प्रतिनिधि तथा राष्ट्रिय सभामा नेपाली कांग्रेस को उपस्थिती कमजोर देखिदै गर्दा लोकतन्त्र पनि कमजोर हुन पुगेको स्पस्ट छ । तसर्थ राजनैतीक सुज्बुज का साथ लोक्त्रन्त स्थापना गर्न मात्र हैन प्राप्त उपलधिको रक्षाको लागि बाम्पन्थी र दक्षिण पन्थी दल हरुको सन्युक्त र मित्रवत प्रतिस्पर्दा आबस्यक छ भन्ने राजनीतिक सुजबुज का साथ पाँच दलिय गठबन्धन र निर्वाचनको पारीणाम ले लोक्त्रन्त्रका उपलब्धी हरु अब संस्थागत हुँदै जान्छन की भन्ने झिनो आसा पलाएको छ ।

३) स्थानिय निकायलाई अधिकार सम्पन्न वनाउनको लागि नेपाल गाउ नै गाउले भरिएको देश हो गाउको आर्थिक विकास विना देश विकास सम्भब छैन । जव सम्म स्थानिय निकायको विकास निर्माणमा स्थानिय सरकारलाइ अधिकार दिहिदैन तब सम्म विकास संभब छैन । निबर्तमान भएका जनप्रतिनिधि हरुको बिगतको गुनासो पनि स्थानिय लाइ अधिकार भएन भन्ने रहेको छ । संविधान्मा पनि स्थानिय निकायलाइ सवल ससक्त वनाउने गरि जसरि ब्यबस्था गरिएको छ यसको अक्षरस पालना गर्न पाँच दलिय गठबन्धन दल र केन्द्रिय सरकार कटिबद्द भएर लागेको अवस्थाम आर्थिक बिकास टाढा छैन मात्रा बिभिन्न निकायले एक ले अर्को संघ समन्वयकारी भूमिका खेल्नु पर्‍यो । जवसम्म देशको सवै भुगोल ले समान अवसर, सुविधा र अधिकार पाउंदैनन तव सम्म देशको पछौटे पन रहिरहन्छ त्यसको लागि पनि स्थानिय निकायलाई अधिकार सम्पन्न बनाउन पर्ने अहिलेको आवश्यकता होर बर्तमान सरकारले त्यस प्रती गम्बिर ध्यान देओस । विगतको सरकारले स्थानिय तहलाई अधिकार नदिएकै कारण कतिपय योजना योजनामा मात्रा सिमित रहने, कार्यन्यन नहुने बजेट फ्रिज हुने दिर्गरोग हाम्रो कम्जोरी हो ।

सुधारनु पर्ने

१) उमेद्वार दिँदा पार्दर्शिता अपनाउनु पर्ने :- अहिलेको निर्वाचनमा जसरी राजनैतीक दलहरुले उमेद्वेरी दिँदा केन्द्रिय सोच अनुसार दिए स्थानिय सोच अनुसारको उमेद्ववार परेनन त्यस्तै नाता वाद् र कृपावाद तथा ब्यक्तीको खर्च गर्ने क्षमता तथा जात धर्म लिङ को आधारमा उमेद्वार चयन गर्ने पद्दति गलत हो जसवाट समाजवारे अनविङ्य ब्यक्ती हरु घिस्रिएर उमेद्वार बन्नु पर्ने बाद्ययता को पनि अन्त्य हुनु जरुरी छ । उमेद्ववार बनाइयो यसले स्थानिय जनता र कार्यकर्तामा नैरस्यता देखिन पुग्यो । नेता मिले गठबन्धन कार्यकर्ताले नमाने बिद्रोह भन्ने सन्देश गयो र कतिपय ठाउमा बिद्रोह गरी स्वतन्त्र उमेद्वार बनी विजय बने र अधिकारिक उमेद्वार ले हार बेहोर्नु पर्‍यो । दलिय राजनीतिमा पाट्री हार्ने र ब्यक्ती जित्न्ने पारीपाटी बन्यो भने लोक्त्रन्तको लागि खतराको घण्टी यही नेर बज्दछ तसर्थ राजनैतीक दल्हरुले खास समाजसंग जोडीएको ब्यक्तित्व र जनताको भावनाको प्रतिनिधित्व हुने ब्यक्ती पहिचान गरी उमेद्ववार बनाउन पर्ने जरुरी छ ।
२) जनतामा नैरस्यता :- राजनैतीक पहुंचमा पुगेको ब्यक्ती हरुको छोटो समयमा भएको आर्थिक प्रगती बिकास निर्माणमा भएको ढिला सुस्ती र सरकारी कार्यालयमा भन्सुन्को आधारमा हुने कार्य हरुले जनतामा एक किसिमको नैरस्यता थियो नै त्यसैमा योग्य ब्यक्ती हरुले अप्सर नपाउने भन्सुन को आधारमा कार्यहरु हुने, रोज्गारिको अभाब जस्ता बिषयले नयाँ पिडिहरुमा राजनैतीक दलहरुको गतिविधी प्रती नैरस्यता छाएको स्पस्ट छ त्यससको सांकेतिक विरोध स्वरुप ठुला नगरहरुमा गैर राजनैतीक ब्यक्तित्व हरु जुन सामाजिक सेवाको भावमा समेत नदेखिएका तर सोसियल मिडियाको भर्पुर प्रयोग गरी चुनाव जित्ने अवस्था आयो । यो नितान्त जनताको लागि भन्दा पनि राजनैतीक दलहरुको गतिविधी र उमेद्ववार चयन प्रतिको बितिस्णाले गर्दा यस्ता नतिजा आएको स्पस्ट छन राज्ननैतीक दलको नेत्रित्व यसलाई टेलरको रुपमा लिएर आफु लाई सुधार गर्नु पर्ने जरुरी छ । जनताले आफ्नो कार्यनितिमा सुधार गर्न दिएको सन्देश लाई पोजेटिभ रुपमा लिएर लोकतन्त्रको सत्रु भस्ट्राचार, डिलासुस्ती, पहुंचका आधारमा ठहरिने योग्य र अयोग्य कार्य हरुको अन्त्य गरी बिधी प्रकृया र योग्यता क्षताको आधारमा अबसर पाउने र नागरिक हरुको मौलिक हकको ग्यारेन्टी हुने सैलिले कार्य हरु गर्नु जरुरी छ ।

अन्त्यमा जनताले विगतको मुल्याङ्कन र कार्यनिती हेरेर मत्दान गरेका छन र हर राजनीतिक परिवर्तनको राजनैतीक जुलुस हुने राजधानी शहरमा जनताले पनि तपाईं हरु सुध्रनु लोक्त्रन्त्रमा नागरिकको ब्यब्यहार हुन्छ रैतिको ब्यवहार सैह हुँदैन । परिवर्तनको आवाज ढुङ्गा मुडा चक्का जाम बाट मात्रै हैन ब्यालेट बाट दरो रुपमा दिन सकिन्छ भनेर राजधानीको जनताको आवाज देखिएको छ । बहुदलिय ब्यबस्था होस् या लोक्त्रांत्रिक ब्यबस्था किन नहोस यस भित्र देखिएको बिसंगती बिक्रिती को अन्त्य जरुरी छ । नेपाली लोकतन्त्र, पहिचानको आकांक्षा र व्याकुलता, जात व्यवस्थाका सहरिया रूप, दलतन्त्रको गहिरो दलदल, लाभको पदमा आफ्ना र आफ्न्त मात्रा पुग्नु पर्दछ भन्ने मनोबैज्ञानीक ढरामा रुमलिएको राजनैतीक दल र त्यसका नेत्रित्व पङ्ती ले आफु लाई सुधार गरेर जनहितमा लाग्नन पर्ने जुन सन्देस यो चुनाव ले दिएको छ यसले २१ औ सताब्दिको हाम्रो लोक्त्रन्त्रको स्थाइत्वको लागि नै हो भन्ने बुजेर राजनैतीक दल र तिनका कार्यकर्ताले आफुलाई परिवर्तन गर्नु जरुरी छ । २०७९ को स्थानिय निर्वाचन मत पारीणाम ले यही सन्देश दिन्छ । हाल कतार

प्रतिक्रिया
सम्बन्धित समाचार