बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिकामा कांग्रेसकी रिता शाही विजयी

सोमबार, जेष्ठ २ २०७९

सुर्खेत । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिका दैलेखको भैरवीमा कांग्रेसले एमालेको गढ भत्काएको छ ।

त्यहाँ पालिकाको अध्यक्षमा कांग्रेसकी रिताकुमारी शाहीले ३९७६ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै देवी भण्डारीले ३३७४ मत ल्याएर विजयी भएका छन् ।

एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३९६० मत ल्याएर पराजित हुन पुगे भने उपाध्यक्षमा एमालेले ३२२७ मत पाएको छ । एमालेबाट उपाध्यक्ष लडेकी पदमकुमारी विष्ट ०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार