बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

नेपाल र जिम्बावे ‘ए’ बीचको सिरिज प्रत्यक्ष प्रशारण हुने

बुधबार, बैशाख १४ २०७९

काठमाडौं – नेपाल र जिम्बावे ‘ए’ बीचको सिरिजको टेलिभिजनमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सले गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सिरिजको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सले गर्ने जनाएको छ ।

यस्तै ओएसआर डिजिटलले डिजिटल प्लाटफर्मको प्रत्यक्ष प्रशारण गर्ने क्यानले जनाएको छ ।

नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

सिरिज वैशाख १७ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।

५० ओभरको सिरिज वैशाख १७ देखि २१ सम्म चल्ने छ । यस्तै टी-ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।

खेल तालिका :

प्रतिक्रिया
सम्बन्धित समाचार