शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

आइपीएल अन्तरगत आइतबारको खेलमा राजस्थान र दिल्लीको जित

सोमबार, चैत्र २८ २०७८

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् ।

राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।जितका लागि १६६ रनको लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो ।

लखनऊका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए । मार्कस स्टोइनिसले ३८ रनको योगदान गरे ।

राजस्थानका युजभेन्द्र चहलले एक्लै ४ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट झारे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो ।

राजस्थानका शिम्रन हेटमायरले सर्वाधिक ५९ रन बनाए । देवदत्त पाडिक्कलले २९ रनको योगदान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार