शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

युइएफए च्याम्पियन्स लिगमा बायर्न भिल्लारियलसँग पराजित

बिहिबार, चैत्र २४ २०७८

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा स्पेनीस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे । उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे ।

जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो ।

खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोल बिहिन रह्यो । लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ५१ गोल गरिसकेका छन् ।
अब दोस्रो लेगमा बायर्नले घरेलु मैदानमा अप्रिल १३ मा भिल्लारियललाई आतिथ्य गर्नेछ

प्रतिक्रिया
सम्बन्धित समाचार