मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

बुटवलमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा दर्शकको भिड, चर्चित कलाकारहरुको बेजोड प्रस्तुती

सोमबार, पुष १९ २०७८

काठमाडौं (जस)– बुटवलमा गत पौष ८ गतेबाट शुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा आयोजकले अनुमान गरेको भन्दा बढीको उपस्थिति भएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर मैदानमा सञ्चालित मेला पुस २० गतेसम्म चल्ने छ ।
मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका करिब ४ सय ७० स्टल रहेको आयोजकले बताएका छन्। मेलाको ५ लाख दर्शकले अवलोकन गर्ने र ५० करोड कारोबार हुने अपेक्षा गरिएको संघका महासचिव पदम जिसीले जानकारी दिए।
व्यापार मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स र हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका आकर्षण रहने आयोजकले बताएका छन ।
बुटवलमा यहाँका व्यवसायिक संस्थाहरुले प्रत्येक वर्ष पालैपालो मेला आयोजना गर्ने गर्दछन । गत वर्ष कोरोनाको कारण मेला आयोजना हुन सकेको थिएन ।
स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण मूल नाराका साथ सञ्चालन भएको मेलाले देशभरका उद्योगका उत्पादन एक थलोमा उपभोक्तासम्म पु-याउने र व्यापार विविधीकरणमा सहयोग पुरयाएकॉ अध्यक्ष गैरेले बताए ।
मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका करिब ४ सय भन्दा बढी स्टल रहेको छ । मेलामा महिला उद्यमी,हस्तकला,कृषि र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ । मेला सम्पन्न गर्न अस्थायी संरचनाहरू निर्माणमा १ करोडको हाराहारिमा खर्च भएको र मेलामा रहने मेला अवधिभर करिब ५० करोड कारोबार हुने अनुमान संघका महासचिव पदम जिसीको रहेको छ ।
चर्चित कलाकारहरुको बेजोड प्रस्तुती

मेलामा चर्चित कलाकारहरु बद्री पंगेनी,चन्द्र शर्मा,पशुपति शर्मा,दुर्गेश थापा,पुस्कल शर्मा,प्रकाश सपूत ,रामजी खाण,खुमन अधिकारी,दीपक खडका,मन्जू पौडेल,ज्योती मगर,निरु शर्मा,कला लम्साल,टिका जैशी,रोमा न्यौपाने,डिला बिक,रबिना बसेल,सचिन परियारलगाएत चर्चित कलाकारहरुले कला र गलाले उपस्थित दर्शकलाई मनोरंजन दिलाएका थिए । दुई वर्षसम्म मेला महोत्सव नभएकाले यो मेलामा ५ लाख बढी दर्शक सहभागी हुने अपेक्षा रहेको र त्यो पुरा हुने उनले बताए ।
मेलामा एक लाख पुरस्कार राशिको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स र हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका आकर्षण रहेको सांस्कृतिक संयोजक यमलाल मरासिनीले बताए ।

मेलाको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवल लगानीको केन्द्रको रुपमा विकास हुँदै गइरहेको उल्लेख गरे। उनले बुटवलको विकासमा नीजि संघसंस्थाको भूमिका सराहनीय रहेको भन्दै उपमहानगरले सबै संघसंस्थासँग सहकार्य गर्ने बताए।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको लागि राष्ट्रिय पूँजिमार्फत औद्योगिकरण र ब्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताए।

मेला आयोजक उद्योग व्यापार संघका अध्यक्ष गोबिन्दराज गैरेले कोभिड महामारीका कारण उद्योगी व्यवसायी मारमा परेपनि सरकारले राहत दिन नसकेको गुनासो गर्दै राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्ने माग गरे।
दुई वर्षसम्म मेला महोत्सव नहुदा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र नेपाली कला संस्कृति संरक्षण तथा पर्यटन पवद्र्धनमा व्यापार मेलाले टेवा पु-याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार