काठमाडौं । अमेरिकी जनताको सहयोगमा फेज नेपाल, स्वाबलम्बन जिवनपद्वती केन्द्र ललितपुर र स्वाबलम्बन जिवनपद्वती केन्द्र कैलालीको संयुक्त आयोजनामा सुदुरपश्चिम प्रदेश कैलालीमा प्रदेश प्रमुख माननीय देवराज जोशी र भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री दीर्घ सोडारीसँग वकालत बैठक सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अपांगता भएका व्यक्तिहरु स्वयम् कार्यालयमा पुगी अपांगता भएका व्यक्तिहरुले हक र अधिकार का साथै सेवा सुबिधा प्राप्तिका लागि अपिल गर्नुका साथै समस्या हरुको अवगत गराइएको थियो । उक्त अधिबाचन बैठकमा पूर्ण र अति असक्त अपांगता भएका व्यक्तिहरुले सो निर्णयमा आफुले चाहेको समुदायमा पूर्ण मानव अधिकारको उपयोग गर्दै स्वाबलम्बी र मर्यादित जिबन जिउन पहुँचयुक्त भौतिक संरचना निर्माण, दैनिक जीबनयापनका लागि व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री र प्रविधिमा पहुँच रोजगारी वा जिबन निबृतिभरणको सुनिश्चितता गरिदिन अपिल गरेका थिए ।
उक्त बैठकमा प्रदेश प्रमुख माननीय देवराज जोशीले आफ्नो तर्फबाट आवश्यक पहल गर्ने आश्वाशन दिएका थिए । त्यसैगरी, माननीय मन्त्री दिर्घ सोडारीले निर्माणाधीन भौतिक संरचना अपांगता मैत्री बनाउन आवश्यक निर्देशन र परीपत्र गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए ।