बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङको शपथ तथा पदभार ग्रहण

बुधबार, मंसिर १५ २०७८

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

घिसिङलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको थियो । शपथ ग्रहणपछि सदस्य सचिव घिसिङले संविधान र खेलकुद विकास ऐन २०७८ अनुरुप काम गर्ने बताए । मंगलबार नै उनले पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार