बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

नेकपा माओवादी केन्द्र घोराही उपमहानगरको पालिका अध्यक्षमा प्रमोद शर्मालाई निर्वाचित

आइतबार, मंसिर १२ २०७८

काठमाडौ । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर दाङको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले घोराही उपमहानगर पालिका अध्यक्षमा प्रमोद शर्मालाई निर्वाचित गरेको छ । हिजो भएको सम्मेलनबाट शर्मा सहित ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको पत्रकार गिरिराज नेपालीले जानकारी दिए।

समितिको उपाध्यक्षमा शुशिला शर्मा खिमबहादुर चौधरी रमेश अाेली, सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा, काेषाध्यक्षमा दिलकुमारी बुढा निर्वाचित भएका छन ।

सम्मेलनलाई माओवादी केन्द्र स्थायी कमिटी सदस्य एवं प्रबक्ता कृष्ण बहादुर महारा लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार