शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट : अन्तिम खेलमाआज नेपाल र युएई भिड्दै

आइतबार, मंसिर १२ २०७८

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पाँचौं तथा अन्तिम खेलमा नेपाली महिला क्रिकेट टोलीले आज युएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले युएईसँग नेपाली समय अनुसार बिहान सवा ११ बजे प्रतिस्पर्धा गर्न लागेको हो । नेपालको लागि युएईविरुद्धको खेल गर या मरको अवस्था हुनेछ ।

किनभने ग्लोबल छनोटमा स्थान बनाउन नेपालले युएईविरुद्ध जित मात्र हात पारेर हुँदैन नेट रनरेटमा समेत भर पर्नुपर्ने हुन्छ ।

प्रतियोगिता अन्तर्गत ६ टिम सहभागी छन् र केवल एक टिम ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ ।

अंक तालिका अनुसार लगातार चार खेल जित्दै युएई ८ अंक सहित शीर्ष स्थानमा छ र उसले नेपालविरुद्ध खेल्नुपर्नेछ ।

यता नेपाल र हङकङले चारमध्ये तीन–तीन खेल जित्दै समान ६–६ अंक जोडेपनि नेट रनरेटमा भने नेपाल अगाडी छ ।

ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले अन्तिम खेल आईतबार नै कुवेत विरुद्ध खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार