बाँके / नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन् । कुल ६ सय १ मत खसेकोमा केसीले ३ सय १६ र खत्रीले २ सय ६९ मत प्राप्त गर्न सफल भए ।
केसीले देउवा पक्षका माधवराम खत्री ढकाल लाई ४७ मतले हराउँदै संस्थापन इतर कोइराला÷पौडेल पक्षका तर्फबाट निर्वाचनमा भाग लिएका थिए ।
पत्रकारिता क्षेत्रमा लामो समय विताएका केसीको राजनीतिक सक्रियता यो जितले अझै बढाएको छ । केसीले नेपाल विद्यार्थी संघमा रहेर केही समय राजनीति गरेका थिए । रेडियो नेपालमा समेत कार्यरत रहेर पत्रकारिता गरेका केसीले नेपाल पत्रकार महासंघको पुर्वमहासचिवको जिम्मेवारी सम्हालिसकेका छन ।
केसीले न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष समेत भएर काम गरिसकेका छन ।