सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

प्रधान सेनापति शर्माद्वारा श्री पश्‍चिम कमाण्ड हेक्वाको निरीक्षण

सोमबार, मंसिर ६ २०७८

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले आज सुर्खेतस्थित श्री पश्‍चिम कमाण्ड हे.क्वा. को निरीक्षण गरेका छन् । निरीक्षणको दौरान उनले कमाण्ड हे.क्वा.मा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना, प्रदेशहरुसँगको समन्वय तथा सामुहिक तालिम संचालनको अवस्था लगायतका विषयहरुमा जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।

भ्रमणको क्रममा प्रधान सेनापति शर्माले कर्णाली प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल समेत गरेका थिए ।

तीन दिने निरीक्षण भ्रमणमा रहेका प्रधान सेनापति शर्माले सोमबार कालिकोटस्थित श्री शम्शेर गुल्म, हुम्लास्थित श्री बराहदल गुल्म र मुगुस्थित श्री श्रीबक्स गुल्मको निरीक्षण तथा मंगलबार जुम्लास्थित श्री नं. २४ बाहिनी अड्‍डा र डोल्पास्थित श्री रामवाण गुल्मको निरीक्षण भ्रमण सम्पन्‍न गरी काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार