बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

अस्ट्रेलियाले जित्यो टी-२० विश्वकपको उपाधि

सोमबार, कार्तिक २९ २०७८

काठमाडौँ । अस्ट्रेलियाले आइसीसी टी-२० विश्वकपको उपाधि पहिलो पटक जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अस्ट्रेलियाले न्यूजील्याण्डलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० विश्वकपको उपाधि जितेको हो ।

न्यूजील्याण्डले दिएको १७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाका लागि डेविड वार्नरले ५३ रन बनाए भने मिचेल मार्शले अविजित ७७ रन बनाए भने ग्लेन म्याक्सवेलले अविजित २८ रन बनाएका थिए । त्यस्तै कप्तान एरोन फिन्चले ५ रन बनाएका थिए ।

त्यसैगरी न्यूजील्याण्डका बलर ट्रेन्ट बोल्टले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै १७२ रन बनाएको थियो ।

न्यूजील्याण्डका लागि कप्तान केन विलियम्सनले सर्बाधिक ८५ रन बनाएका थिए । विलियम्सनले ४७ बलमा १० चौका र ३ चौका प्रहार गर्दै ८५ रन बनाएका थिए ।

त्यस्तै न्यूजील्याण्डका लागि मार्टिन गप्टिलले २८ रन बनाएका थिए भने ग्लेन फिलिपले १८ रन, डार्यल मिचेलले ११ रन बनाएका थिए । त्यसैगरी जिम्मी नीशामले अविजित १३ रन र टिम साइफर्टले अविजित ८ रन बनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाका बलर जोश हजेलवूडले सर्बाधिक ३ विकेट लिएका थिए भने एडम जाम्पाले एक विकेट लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार