बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

रोल्पामा जीप दुर्घटना, ४ जनाको मृत्यु

आइतबार, कार्तिक २८ २०७८

रोल्पा। रोल्पाको सदरमुकामदेखि पश्चिमा पर्ने माडी गाउँपालिका–२ घर्तीगाउँ बजारनजिक जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । माडी गाउँपालिका–६ हान्निङ कोर्चावाङबाट घर्तीगाउँ बजारतिर जाँदै गर्दा आइतबार बिहान ११ बजेतिर रा१प ३८२ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा जीपधनी एवं चालक माडी– ६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्तीमगर, ४५ वर्षीया चौसरा विक र मिसिडाँडाका ५५ वर्षीय टेकबहादुर पुन (टंकलाल) छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, जिल्ला अस्पतालमा उपचाररत १८ वर्षीय लिला पुनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा परी अन्य दुई जना गम्भीर घाइते भएका छन्। सोही वडाका २१ वर्षीया बिना घर्तीमगर र ६१ वर्षीया पन्चना विक घाइते भएको प्रहरी जानकारी दिएको छ । घाइतेहरूको घर्तीगाउँस्थित स्मृति हस्पिटलमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल लिवाङमा उपचार भइरहेको छ।

सो जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार