काठमाडौँ । पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार दुबईको अबुधाबीमा भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा डेभिड वार्नरले ४९ म्याथ्यु वेडले ४१, मार्कस स्टोइनिसले अविजित ४०, मिचेल मार्सले २८, ग्लेन म्याक्सवेलले ७ र स्टेभन स्मिथले ५ रन बनाए ।
पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए ।
यसअघि, पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहमद रिजवालले ६७ र फकर जमानले अविजित ५५, कप्तान बाबर आजमले ३९, सोएब मलिकले एक र मोहमद हाजिफले १ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले २ तथा एडम जाम्पा र प्याट कुमिन्सले समान १–१ विकेट लिए ।
प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
अष्ट्रेलियाले उपाधिको लागि आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।