बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

टी २० विश्वकप : इङल्याण्डलाई हराउँदै न्युजिल्याण्ड पहिलो पटक फाइनलमा

बिहिबार, कार्तिक २५ २०७८

काठमाडौं । इङल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्डले टी २० विश्वकपको फाइनल यात्रा गरेको छ । ड्यारेल मिट्चेले ७३ रनको शान्दार पारी खेल्दा १६७ रनको लक्ष्य न्युजिल्याण्डले अन्तिम एक ओभर बाँकी छँदै पूरा गर्‍यो । अन्त्यतिर निकै बिस्फोटक देखिएका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

मार्टिन गुप्टिल ४ र कप्तान केन विलियमसन ५ रनमा आउट भएपछि शुरूदेखि नै न्युजिल्याण्ड दबाबमा थियो । तर, खेलको अन्त्यतिर जेम्स निसाम र मिट्चेलले ४० रनको साझेदारी गर्दा न्युजिल्याण्डले राम्रो कमब्याक गर्‍यो ।

ईयोन मोर्गानले क्याचआउट गर्नुअघि निसामले ११ बलमा ३ छक्का र १ चौकासहित २७ रन बनाएका थिए । न्युजिल्यान्डको जितमा डिभोन कनवेले पनि ४६ रनको योगदान गरे । खेलमा पहिले ब्याटिङ गरेको इङल्याण्डबाट मोइन अलीले ५१ र डेभिड डेभिड मलनले ४१ रन बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार