बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

टी-ट्वेन्टी विश्वकप क्रिकेट : अफगानस्तानमाथि भारतको फराकिलो जित

बिहिबार, कार्तिक १८ २०७८

काठमाडौँ । टी-ट्वेन्टी विश्वकप क्रिकेटको आफ्नो तेस्रो खेलमा भारतले जित हात पारेको छ । यसअघिका २ खेल हारेको भारतले तेस्रो खेलमा अफगानस्तालाई ६६ रनले हराएको हो ।

प्रतियोगिताको सेमिफाइनल प्रवेशको सम्भावना कायमै राख्न भारतलाई फराकिलो जित जरुरी थियो । भारतले हासिल गरेको फराकिलो जितले उसको नेट रन रेट सुधार भएको छ ।

अफगानस्तानका करिम जनतले ४२ र मोहम्मद नाबीले ३५ रन बनाए । भारतका मोहम्मद सामीले ३ तथा रबिचन्द्रन आश्विनले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले २ विकेट गुमाएर २१० रन बनाएको थियो । यो जारी प्रतियोगितामा अहिलेसम्मकै ठुलो योगफल समेत हो । भारतको भने टी ट्वेन्टीमा दोस्रो धेरै योगफल हो ।

भारतका ओपनर के एल राहुलले ६९ र रोहित शर्माले ७४ रन बनाए । त्यस्तै हार्दिक पान्ड्या ३५ र ऋषभ पन्त २७ रनमा अबिजित रहे । शर्माले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै राहुलले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे । पान्ड्याले १३ बलमा ४ चौका र २ छक्का प्रहार गरे भने पन्तले १३ बलमै १ चौका र ३ छक्का प्रहार गरे ।

शर्मा र राहुलले पहिलो विकेटका लागि १४० रनको साझेदारी गरेका थिए । यो टी ट्वेन्टी विश्वकपमा भारतका ब्याट्स्म्यानको सर्वाधिक रनको साझेदारी पनि हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार