काठमाडौँ । नामिबियाले आइसिसीटी(२० विश्वकप सुपर १२ को आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ।
बुधबार सुपर १२ को समूह(२ को खेलमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको हो। जितका लागि ११० रनको लक्ष्य पाएको नामिबियाले १९ ओभमर १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो।
नामिबिया जितमा जेजे स्मित सर्वाधिक ३२ रनमा अविजित रहे। ओपनर क्रेरग विलियम्स २३ र माइकल भ्यान लिङ्गेनले १८ रन बनाए।
त्यसअघि आबूधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनाएको थियो।
स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४४ रनको योगदान दिए । क्रिस ग्रीभ्स २५ र म्याथ्यु क्रस १९ रन बनाए।
नामिबिया रुबेन ट्रम्पलम्यानले सर्वाधिक ३ विकेट लिए । जन फिंलिकले २, जेजे स्मित र डेविड विसेले समान १ विकेट लिए।
नामिबिया सुपर–१२ को समूह २ मा सुरुवाती २ अंक जोड्दै तेस्रो स्थानमा छ । समूह १ मा इंग्ल्यान्ड २ खेल ४ अक बनाउँदै शीर्ष स्थानमा छ।