बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

आईसीसी टी–ट्वान्टी विश्वकपः पाकिस्तानको लगातार दोस्रो जित

बुधबार, कार्तिक १० २०७८

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ ।

सारजाहमा मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

पाकिस्तानको जितमा मोहमद रिजवानले ३३, शोयब मलिक र आसिफ अलीले अविजित रहदै समान २७/२७, फखर जमान, मोहमद हाफिज र इमाद वासिमले समान ११/ ११ र कप्तान बाबर आजमले ९ रन बनाए ।

न्युजिल्याण्डका इश सोधीले २ तथा मिचेल स्टानर, टिम साउथी र ट्रेन्ट बोल्टले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्य्ल मिचेलले २७/२७, कप्तान केन विलियम्सनले २५, मार्टिन गुप्टिलले १७ र ग्लेन फिलिप्सले १३ रन बनाए ।

पाकिस्तानका हरिस राउफले ४ तथा शहिन साह अफ्रिदी, इमाद वासिम र मोहमद हाफिजले १/१ विकेट लिए ।

जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार