शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनएद्वारा कञ्चनपुरका बाढीपीडितलाई राहत वितरण

सोमबार, कार्तिक ८ २०७८

काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुदिरपश्चिममको भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका वाढी पीडितहरुलाई राहत बितरण गरेको छ । बिगत केही दिन अघिको भारी बर्षाको कारण महाकाली नदीमा आएको बाढीले बिस्तापित परिवारलाई एक घर, एक परिवार अभियान अन्तरर्गत राहत बाँडिएको एनआरएनए मध्यपूर्ब उपसंयोजक मनोज कुमार गोर्खालीले बताए । उनका अनुसार ३०० परिवारलाई राहत बितरण गरिएको छ ।
यसअघि संघका अध्यक्ष कुमार पन्तले विश्वभर छरिएका राष्ट्रिय समितिलाई राहतमा जुटन आग्रह गरेका थिए ।


राहत वितरणको लागि एनआरएनए मध्यपूर्ब उपसंयोजक मनोज कुमार गोर्खाली , मानार्थ सदस्य तथा राहत सामग्री हस्तान्तरण समितिका उपसंयोजक धर्मराज गिरि, एनआरएनए क्यानडा प्रतिनिधि तुला भट्टचन, एनआरएनए दक्षिण कोरिया प्रतिनिधि तथा नेपाल पत्रकार महासघं दक्षिण कोरियाका अध्यक्ष रन्जन राज कुँवर, एनआरएनए दक्षिण कोरियाका अभियान्ता नवीन राज जोशी, सन्जु श्रेष्ठ, प्रदिप खनाललगायत कञ्चनपुर पुगेका थिए । राहत वितरण स्थानीय निकायका जनप्रतिनिधि, राजनीतिक दल,सामाजिक अभियान्ता, प्रशासन, पत्रकार तथा स्थानीय वासिन्दाको रोहवरमा सोमवार वितरण गरिएको थियो । राहत प्रदान गर्ने सामाग्रीहरु “एक घर ,एक परिवार“ बराबर निम्न अनुसार बितरण गरिएको धर्मराज गिरिले बताए ।


एनआरएनएले पीडितहरुलाई ५० किलो चामल, ३ लिटर खाने तेल, ५ किलो दाल, ५ किलो आलु, ३ किलो नुन, ५ किलो प्याज, आधा किलो मसला, १ थान त्रिपाल, २ थान म्याट, २ थान ब्लङकेट, १ थान बाल्टी एक थान जग, दैनिक प्रयोग हुने लत्ताकपडाहरु (टि सर्ट ४ थान, टाउजर २ थान, विनसिटर २ थान, छाता १ थान ) वितरण गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार