शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

कतारमा अवैध रूपमा बस्दै आएका नेपालीलाई आममाफी, पुस १६ गतेसम्म आफ्नो कानुनी हैसियत नियमित गर्न सक्ने

आइतबार, कार्तिक ७ २०७८

काठमाडौँ । कतारमा अवैध रूपमा बस्दै आएका नेपालीले आममाफी पाउने भएका छन् । कतारको सरकारले त्यहाँ अवैधरुपमा बसिरहेका नेपाली श्रमिकका लागि यस्तो योजना ल्याएको हो ।
कतारस्थित नेपाली दूतावासका अनुसार कतारी आइडी नपाएका वा नवीकरण हुन नसकेका नेपालीका लागि यस्तो योजना ल्याइएको हो । उक्त योजना अनुसार अब नेपाली श्रमिकलाई दुई विकल्प दिइने छ । कतारमा हाल अवैध रूपमा बसेकालाई कतारमै रहेर वैध भई नियमित काम गर्ने वा स्वदेश फर्कने मध्ये दुवै विकल्प खुला गरिएको छ ।
कतारमा अवैध रूपमा बसेका नेपालीले २०७८ असोज २४ गतेदेखि पुस १६ गतेसम्म तोकिएका विभाग वा सेवा केन्द्रमा गई आफ्नो कानुनी हैसियत नियमित गर्न सक्ने दूतावासले जनाएको छ ।

उक्त सेवाका लागि कतारस्थित पाँच वटा केन्द्र तोकेर काम भइरहेको छ । हालसम्मको जरिवाना छुट तथा मिनाहा गरी कम्पनीमा रोजगारी नियमित गर्न सकिने भएकाले यस अवसरलाई सदुपयोग गर्न दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार