बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

नेपाल यू–२३ टोली इन्डोनेसियासँग २–० ले पराजित

शनिबार, कार्तिक ६ २०७८

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ।

ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू–२३ टोली इण्डोनेसियाको यू–२३ टोलीसँग २–० गोल अन्तरले पराजित भएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा दोस्रो हाफमा इन्डोनेसियाले २ गोल गरेको थियो।

इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका थिए।

नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार