काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा अपरान्ह १२ः१५ बजे सुरु हुने ईपीएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स–११ बीच प्रतिस्पर्धा हुनेछ ।
कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशलले गर्ने भएका हुन्
ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लेक जस्ता खेलाडी रहेका छन् ।
काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ । काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाश जस्ता खेलाडी रहेका छन् ।
चौंथो संस्करणको प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।