काठमाडौँ । चर्चित गायिका देविका केसि र गायक शनि विश्वकर्माको सुमधुर स्वरमा ‘नयाँ गलबन्दी’ बोलको गीत सार्वजनिक भएको छ । हालै बजारमा आएको उक्त गीतको शब्द र संगीत सर्जक शिव हमालको रहेको छ । नेपाल लोक स्टारका विजेतासमेत रहेका विश्वकर्मा र हाल क्यानडामा रहेकी लोकदोहोरी गायिका केसीको युगल स्वर रहेको नयाँ गलबन्दीमा नायिका बर्षा रावत र पल शाहको अभिनय रहेको छ ।
सर्जक हमालको युट्युव च्यानलमार्फत बजारमा पठाइएको यो गीतले बजार तताएको छ । सुनिल क्षेत्रीको निर्देशन रहेको गीतका दृश्यहरु दुर्गा पौडेलले खिचेका हुन । उक्त गीतको अमृत चापागाईंले म्युजिक भिडियो सम्पादन गरेका हुन ।