काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज घरेलु टोली ओमानविरुद्ध दिउँसो ४ः१५ बजे खेल्ने छ ।
पहिलो भेटमा पराजित नेपाल ओमानविरुद्ध बदला लिने योजनामा रहेको छ । ओमान भने नेपालविरुद्ध जारी सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
सिरिज अन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।
लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।