काठमाडौं । पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २ विकेटले जित निकालेको छ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघिको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)माथि कठिन जित निकालेको छ।
आज ओमानमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने सोमपाल २२ रनमा अविजित रहे।