बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा भारतसँग नेपाल पराजित, नेपालले मन जित्यो भारतले खेल

सोमबार, भाद्र २१ २०७८

काठमाडौं । नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा आइतबार साँझ भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको हो । भारतका लागि कप्तान सुनिल क्षेत्री र फारुख हाजी चौधरीले एक एक गोल गरे । यस्तै, नेपालका लागि तेज तामाङले एक गोल गरे ।

खेलको ६२ औं मिनेटमा चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । ८० औं मिनेटमा कप्तान क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए । ८६ औं मिनेटमा नेपालका लागि तेज तामाङले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । बाँकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल भारतले २–१ ले जित्यो ।

भारतका रहिम अली मैत्रीपूर्ण खेलका म्यान अफ दि सिरिज बनेका छन् । उनले नगद १ लाख पाए । यस्तै, खेलको म्यान अफ दि म्याच भारतका अनिरुध थापा भए । दोस्रो खेलमा नेपालको तर्फबाट तेज तामाङ बेस्ट प्लेअर घोषित भए ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपालले घरेलु मैदानमा भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको हो । गत बिहिबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार