बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

शनिबार, भाद्र १२ २०७८

काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले पदबाट राजीनामा दिएका छन्।

आईसीसी विश्वकप लिग–२ का लागि ओमान भ्रमणमा रहेका ह्वाटमोरले शुक्रबार राजीनामा दिएका हुन्।

उनले इमेलमार्फत नेपाल क्रिकेट संघलाई राजीनामा बुझाएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

त्यस्तै भारतीय समाचार संस्था न्युज नाइनले आफ्नो ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएको छ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार