बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनसिसि कतारको पहिलो बैठक सम्पन्न, गर्यो यस्ता निर्णय

सोमबार, साउन २५ २०७८

गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसि कतारको पहिलो बैठक सम्पन्न भएको छ । राष्ट्रिय समन्वय परिषद कतारको सन् २०२१–२०२३ कार्यकालको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले सचिवालय सदस्य मनोनित, प्रवक्ता चयन, विभिन्न बिभाग÷उपसमितिको संयोजक र सह–सहयोजकमा मनोनीतलयागत विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ ।

निर्णयहरु

मिति ः २०२१ अगस्ट ६ शुक्रबार
स्थान ः दोहा स्थित क्राउन प्लाजा होटल
अध्यक्षता ः मोहमद मुक्तदा मुसलमान ( अध्यक्ष)
सञ्चालन ः पदम गिरि (महासचिव)
विशेष उपस्थिति ः आईसिसि सदस्य रमेश भट्ट र होमनाथ शर्मा

बैठकल गरेका महत्वपुर्ण निर्णयहरु निम्नअनुशार रहेका छन् ।

सचिवालय सदस्य मनोनित ः कार्यसमिति सदस्य गजेन्द्र राई र मुख्तार आलाम (२ जना )
प्रवक्ता ः सन्तोष क्षत्री मनोनीत

विभिन्न बिभाग÷उपसमितिको संयोजक र सह–सहयोजकमा मनोनीत ।

संघ संस्था समन्वय उपसमिति (११ सदस्य)
संयोजक ः जैवी चामलिंग राई (प्रथम उपाध्यक्ष)
सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण उपसमिति (९ सदस्य)
संयोजक ः प्रेम चलाउने (द्दितिय उपाध्यक्ष )
सह-संयोजक : कृष्ण पन्थी
सुरक्षा तथा जनचेतना अभिबृद्धि उपसमिती (९ सदस्य)
संयोजक ः अम्बिका खत्री ( महिला उपाध्यक्ष )
साहित्य तथा प्रकाशन उपसमिति (७ सदस्य)
संयोजक ः पदम गिरी (महासचिव)
खेलकुद तथा अतिरिक्त क्रियाकलाप उपसमित (७ सदस्य)
संयोजक ः रबिन थापा मगर (सचिव )
आर्थिक बिभाग (५ सदस्य )
संयोजक ः बिनोद प्रसाद बसौला (कोषाध्यक्ष)
सहसंयोजक ः बालकृष्ण न्यौपाने (सह–कोषाध्यक्ष)
महिला विभाग (७ सदस्य)
संयोजक ः नानु घले बलोन (महिला संयोजक)
युवा विभाग (७ सदस्य )
संयोजक ः सुमन भारती ( युवा संयोजक)
सुचना तथा सञ्चार उपसमिति (५ सदस्य)
संयोजक ः सन्तोष क्षत्री ञओमझ (प्रवक्ता)
श्रमिक सचेतना परामर्श बिभाग (५ सदस्य)
संयोजक ः मुखतार आलम (सचिवालय सदस्य)
पर्यटन प्रवर्द्धन उपसमिति (७ सदस्य)
संयोजक ः सेवक बि. क (कार्यसमिति सदस्य)
सामुहिक लगानी उपसमिति (७ सदस्य)
संयोजक ः दिनेश खत्री (कार्यसमिति सदस्य)
व्यापार प्रवर्द्धन उपसमिती (७ सदस्य)
संयोजक ः सबिन्द्र श्रेष्ठ (कार्यसमिति सदस्य)
स्वंसेवक उपसमिती (११ सदस्य)
संयोजक ः सन्तोष पौडेल (कार्यसमिति सदस्य)
अतिथि सत्कार तथा व्यवस्थापन उपसमिती (९ सदस्य)
संयोजक ः नारायण प्रसाद ढुंगाना (कार्यसमिति सदस्य)

बिधान संसोधन समिति
संयोजक ः रामहरी गैरे
सदस्य ः बुद्धि प्रसाद भण्डारी, ठाकुर कुमार परियार, हिराधन राई र आश बहादुर गुरुङ

विभिन्न प्रदेश प्रतिनिधि मनोनीत
जसमा प्रदेश नम्बर १, प्रतिनिधी खड्क बहादुर फागो, प्रदेश नम्बर २, प्रतिनिधी रामबाबु यादव र लुम्बिनी प्रदेश, प्रतिनिधीमा बिष्णुबहादुर खड्का रहनुभएको छ ।

कार्यसमिति सदस्य मनोनित (८ जना )
विभिन्न समुदाय बाट प्रतिनिधित्व हुनेगरी मनोनित गरेको छ । जसमा दलि समुदायबाट टेक बहादुर नेपाली र मिलन बिश्वकर्मा जनजाती समुदायबाट सामुयल सुनार र ङवाङ फुरी शेर्पा मुश्लिम समुदाय बाट जिकरुल्लाह शेख र अजमत अली तथा तराई मधेशबाट कमलेश महतो कोटरी र शफिउर रहमान मुसलमान रहनुभएको छ ।

बैठकको अध्यक्षता गर्दै अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले सन् २०१९–२०२१ कार्यकाल कोरना कहरको विषम परिस्थितिमा पनि कार्यसमिति, सल्लाहकार लगाएत सम्पूर्ण संघ–संस्थाको साथ सहयोगमा सफल बनेको स्मरण गर्दे आगामी दिनमा पनि सबै सङ्ग हातेमालो गरेर अगाडि बढने बताउनुभयो । वर्तमान २०२१–२०२३को कार्यकालमा पनि थुप्रै चुनौती संगै अवसर रहेको भन्दै अध्यक्ष मुसलमानले एनसीसी कतारलाई सफल बनाउन सम्पुर्ण कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिवद्द भएर लाग्न अनुरोध गर्नुभयो ।

सन्तोष क्षत्री
प्रवक्ता
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार
सम्पर्क ः ७०९८११८०

प्रतिक्रिया
सम्बन्धित समाचार