मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

लुम्बिनी र गण्डकीका प्रदेश प्रमुखले लिए शपथ

बिहिबार, साउन १४ २०७८

काठमाडौँ(जस)–लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शेरचन र गुरुङलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत उपस्थित रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार