कतार । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार च्यारिटीमार्फत स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । विश्वव्यापी कोभिड १९ बाट सिर्जित विषम परिस्थितिमा कतार सरकारले यसको रोकथाम तथा न्यूनीकरण र नियन्त्रण गर्ने क्रममा आफ्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान व्यबहार गर्दै उच्च स्वास्थ्य सतर्कता अपनाउदै विभिन्न सावधानीको सवालमा महत्त्वपूर्ण भुमिका निभाउदै आप्रवासीहरुको मन जित्न, सद्भाव कायम गर्न सफल भएको छ।
यसै क्रममा अझै प्रभावकारी बनाउन मानव कल्याणकारी संस्था कतार च्यारिटीद्वारा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा २०० बक्स (१००*३०=६००० पीस ठूलो साईज) र १०० बक्स (१००*१४४=१४४०० पीस सानो साईज) टोटल ३०० बक्स (२०४०० पीस) नेपालि समुदायका लागि सेनिटाईजर उपलब्ध गराएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पिटि अनलाईन न्युजलाई जानकारी गराउनु भएको छ।
अध्यक्ष मुसलमानले प्राप्त स्वास्थ्य सहयोग ठुलो मात्रामा रहेकोले नेपाली समुदायलाई ठुलो राहत पुग्ने, लाभान्वित हुने बताउनु भयो। साथै उक्त प्राप्त सहयोगको सबै विवरण उहाँले सामाजिक संजाल फेसबूक मार्फत सार्वजनिक गर्दै सम्पूर्णमा जानकारी गराएका थिए।।
कतारमा रहेका नेपाली आप्रवासीहरुको स्वास्थ र समस्यालाई ध्यानमा राखी पटकपटक मानवीय सहयोग गर्दै आएका कतार सरकार साथै विभिन्न स्वास्थ सामाग्री उपलब्ध गराउने कतार च्यारिटी कतार च्यारिटिका सम्पूर्ण पदाधिकारीहरूलाई अध्यक्ष मुसलमान तथा गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको तर्फबाट हार्दिक आभार तथा धन्यबाद दिएका छन । यस अघि पनि संघको समन्वयमा कतार च्यारिटीले नेपाली आप्रवासीका लागि भनेर विभिन्न चरणमा खाद्यान्न प्याकेज तथा विभिन्न सहयोग गर्दै आईरहेका छन्।
हार्दिक आभार
बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान व्यबहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाउदै आएको छ। यस सतर्कता तथा सावधानी कदमहरुलाई प्रभावकारी बनाऊन मानव कल्याण कारी संस्था कतार चारेटी द्वारा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा २०० बक्स (१००*३०=६००० पीस ठूलो साईज) र १०० बक्स (१००*१४४=१४४०० पीस सानो साईज) टोटल ३०० बक्स (२०४०० पीस) नेपालि समुदायको लगि सेनिटाईजर प्राप्त भएको सम्पूर्ण सबैमा जानकारी गराउदछौ।
सेनिटाईजर उपलब्ध गराऊने कतार चारेटी तथा क़तार च्यारिटिका सम्पूर्ण पदाधिकारी हरूमा हार्दिक आभार प्रकट गर्दछौ।
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार