शनिबार, साउन २ २०७८
कतार(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति कतारमा नवनिर्वाचित कार्यसमितिले सपथ लिएको छ । इतिहासमै पहिलोपटक सम्पूर्ण कार्यसमिति निर्विरोध र अध्यक्ष दुई कार्यकालको नयाँ रेकर्ड बनेको एनसिसी कतारको कार्यसमितिले निर्विरोध चयन भएको छ एनआरएनए कतारको शुक्रबार सम्पन्न नवौं महाधिवेशनमार्फत २०२१–२०२३ कार्यकालको लागि सपथग्रहण गरेको हो ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक रमेश भट्टले सपथ खुवाएका थिए । सो कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबास कतारका राजदूत महामहिम डा. नारदनाथ भारद्वाज रहेका थिए भने विशेष अतिथिहरुमा आईसीसी अध्यक्ष कुमार पन्त, नेपाली दूतावास कतारका द्दितीय सचिव प्रबिन भट्टराई, आईसीसी सचिव आरके शर्मा, आईसीसी प्रवक्ता डीबी क्षेत्री, आईसीसी सल्लाहकार टीबी कार्की, मध्यपुर्ब संयोजक प्रबीन गुरुङ, मध्यपुर्ब सह–संयोजकहरु मनोज कुमार श्रेष्ठ गोर्खाली, राजेन्द्र आर्याल, मध्यपुर्ब युवा संयोजक राज रेग्मी, आईसीसी संस्थापक सदस्यहरु तथा मानार्थ परिषद सदस्यहरू, आईसीसी सदस्यहरू, एनसीसी कतारका पुर्ब अध्यक्षहरू तथा पदाधिकारीहरू, प्रमुख सल्लाहकार, सल्लाहकार तथा कतारमा स्थापित सम्पूर्ण सहभागींघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी तथा ब्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अध्यक्ष कुमार पन्तले एनआरएनएको सभ्यता हेर्न मध्यपूर्व र कतारलाई हेर्नुपर्ने बताए । ‘यहाँबाट संस्करा सिक्नुपर्छ, एनसिसी कतारले विश्वलाई सन्देश दिएको छ’, पन्तले भने ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत डा.भारद्वाजले (एनआरएनए ) कतारले बिगत लामो समय देखी गरिरहेको नेपाली हरुको हक हित तथा सहयोगको कार्य अतुलनीय रहेको बताए । जव विश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) को पहिलो लहरले कतारमा पनि रहेका नेपालीहरु हरु समस्या परिरहेको बेला एनआरएनए कतारले भौतिक रूपमा उपस्थिति जनाएर खाद्यान्न सहयोग, घर फिर्ताको लागि टिकट, अक्सिजन सिलिन्डर निसुल्क स्वास्थ परिक्षण लगायतका महत्त्वपूर्ण सहयोग गरेको थियो । यस्ले गर्दा नेपाल सरकार स्वास्थ मन्त्रालय लगायत बाट एनआरएनए कतार र यहाँका नेपाली हरुको उच्च मुल्यांकन गरेको बताए ।  त्येस्तै कतारमा आएपछि हामि नेपालीले यहाँको धर्म, संस्कृति, परम्परा र मान्यताविपरित कुनै पनि कार्य नगर्न आग्रह गरे ! तर यहाँ निकालिएका केही गीत सोभनिय नभएको बताउदै अझैपनि उक्त गीत युटुव बाट नहटाएको भए कार्बाही हुनसक्ने प्रती सचेत गराए । मन्तव्यका क्रममा आफूले खेलकुद तथा संस्कृति मन्त्रालयमा भेटघाट गरी कतारमा नेपाली समुदायको लागि सॉस्कृतिक भवन निर्माणको लागी पहल गरिरहेको जानकारी दिए ।
एनआरएनए कतार विश्वमै उत्कृष्ट समिति रहेको बताउँदै नेपाली समुदाय बीचको राजनीतिक विभाजनलाई चिर्नु पर्ने बताए । तर पछिल्लो समय नेपालमा विकसित राजनीति घटना सस्थामा देखिएको बताउदै राजनिति धुर्बीकरणले कसैलाई फाइदा नहुने जानाकारी गराए । आफू कतारमा राज्यको प्रतिनिधित्व गरेर आएपछि नेपालमा राज्य सत्तामा को आयो भन्दापनि यहाँका नेपालीलाई के गर्न सक्छु भन्ने सोच रहेको बताए । एनआरएनए कतार र नेपाली दूतावास एक अर्काका पुरक रहेको भन्दै नयाँ आउने टिम अझ ससक्त बनोस भन्दै शुभकामना व्यक्त गरे । सङ्घले विभिन्न कलाकारहरू, कोरोना महामारीमा राहत वितरणमा विशेष सहयोग पुऱ्याउने व्यक्ति तथा संघ सस्थालाई पनि सम्मान गरेको थियो । सङ्घको कार्यकाल २०१७-२०१९ मा स्थापित साहित्य, पत्रकारिता र खेलकुद पुरस्कारमा २०१९-२०२१ को”साहित्य पुरस्कार” दीप मिलन र “पत्रकारिता पुरस्कार” तिलु शर्मा र “स्वास्थ्य तथा खेलकुद” पुरस्कार ईन्तखाब अहमद प्रदान गरेको थियो ! त्यस्तै सङ्घ कतारले नेपाली नियोग कतारलाई समेत आधार पत्रले सम्मान गरेको थियो । सङ्घका कोषाध्यक्ष विनोद प्रसाद बसौलाले एनसिसि कतारमा ६ लाख ४७ हजार ६ सय ८६ रियाल बचत रहेको आयव्यय प्रस्तुत गरेका थिए भने महासचिव पदम गिरीले कार्य प्रगति विवरण पेश गरेका थिए भने कार्यक्रमको सहजीकरण पनि उनै सङ्घका महासचिव पदम गिरीले गरेका थिए ।

महाधिवेशनमा नयाँ कार्यसमिति चयनको कार्यसूची भएपनि सबै कार्यसमिति निर्विरोध भएसँगै चुनावी प्रक्रियामा प्रवेश नै गर्नु परेन । यसअघि उम्मेदवारी मनोनयन फिर्ता लिने समयावधिभित्रै अध्यक्षलगायत धेरै पदाधिकारीहरुले उम्मेदवारी फिर्ता लिएपछि एनआरएनए एनसीसी कतारको अध्यक्षमा वर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान निर्विरोध निर्बाचित भएका थिए ।

अध्यक्षका अर्का उम्मेदवार चुडामणि कार्कीलगायत अन्य पदका उम्मेदवारले उम्मदवारी फिर्ता गरेपछि मुक्तदाको प्यानल निर्बिरोध निर्बाचित भएको थियो ।

निर्बिरोध निर्वाचित भएका आईसिसि सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक कुमार खड्का (कुमार), अर्षद हुसेन मुसलमान, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी(कुमार) र तेज कटुवाल रहेका छन । यसैगरी अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान, प्रथम उपाध्यक्षमा जैवी राई, द्धितिय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री निर्बिरोध निर्बाचित भएका छन । यसैगरी महासचिवमा पदम गिरी, सचिवमा रबिन थापा मगर र दिपजंग शाह र कोषाध्यक्षमा बिनोद प्रसाद बसौला निर्विरोध निर्वाचित भएका छन भने सह–कोषाध्यक्षमा बालकृष्ण न्यौपाने विजयी भएका छन् ।

निर्बाचित कार्यसमिति :
https://nrnaqatar.org/wp-content/uploads/2021/07/Unopposed-Elected-Candidacy-List-of-NCC-Qatar-for-the-Tenure-of-2021-2023.pdf?fbclid=IwAR3YUnEx7iMbPeIk_NxmaQDa-StbVxZtOHfmgbAWoyiek8T3mkiFrtMIooY
यसैगरी नानु घले ब्लोन महिला संयोजकमा र युवा संयोजकमा डेक ब.भारती (सुमन) निर्बिरोध निर्बाचित भएका छन । निर्वाचन समितिको मापदण्ड अनुसार लेखा समिति सदस्यमा उम्मेदवारी दिएका सन्तोष रेग्मीे लेखा समिति संयोजक, टीकाराम गौतम (अमित) र गणेश भट्ट निर्बिरोध निर्बाचित भएका छन् । यसैगरी एनआरएनए एनसीसी कतारकोे सदस्यमा तारानाथ बास्तोला (पवन), सेवक बि.क., खडक बहादुर पा फागो, नारायण प्रसाद ढुङगांना, मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष), बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, मोहम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्री, जय प्रकाश यादव, मोहम्मद मेराजुद्दीन, रामबाबु यादव र अगन्धर देवकोटाको मात्रै उम्मेदवारी परेकाले उनीहरु निर्बिरोध निर्बाचित भएका छन् ।
मुक्तदाको समुहलाई कतारमा रहेका जनप्रगतिशिल मन्च कतार, जनसम्पर्क समिति कतार, प्रबासी नेपालि मञ्च नेपाल समुह कतार, नेपाली समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासङ्घ कतार, अन्तराष्ट्रिय मुस्लिम समालगायत कतारका ९० प्रतिशतभन्दा बढी संघ÷संस्थाहरुले समर्थन गरेका थिए । कतार स्थित संघ÷संस्थाहरुले समर्थन गरेपछि मुक्तदा समुह निर्बिरोध निर्बाचित भएको हो ।

हार्दिक आभार प्रकट
मिति १६ जुलाई २०२१ का दिन शुक्रवार सम्पन्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको नवौ राष्ट्रीय महाधिवेशनमा नेपाली राजदुताबास कतारका राजदूत महामहिम डा. नारदनाथ भारद्वाज वाग्लेज्युको प्रमुख आतिथ्य र विशेष अतिथीहरु आईसीसी अध्यक्ष कुमार पन्त ज्यु, नेपाली दूतावास कतारका द्दितीय सचिव प्रबिन भट्टराई ज्यु,आईसीसी सचिव आरके शर्मा ज्यु, आईसीसी प्रवक्ता डीबी क्षेत्री ज्यु, आईसीसी सल्लाहकार टीबी कार्की ज्यु, मध्यपुर्ब संयोजक प्रबीन गुरुङ ज्यु, मध्यपुर्ब सह-संयोजकहरु मनोज कुमार श्रेष्ठ गोर्खाली ज्यु र राजेन्द्र आर्याल ज्यु, मध्यपुर्ब युवा संयोजक राज रेग्मी ज्यु, आईसीसी संस्थापक सदस्य ज्युहरू, मानार्थ परिषद सदस्य ज्युहरू, आईसीसी सदस्य ज्युहरू, एनसीसी कतारका पुर्ब अध्यक्ष ज्युहरू तथा पदाधिकारी ज्युहरू, प्रमुख सल्लाहकार ज्यु, सल्लाहकार ज्युहरू, कतारमा स्थापित सम्पूर्ण सहभागी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, पत्रकार साथीहरू, समाजसेवी तथा ब्यवसायी साथीहरू, कार्यसमितीका सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरू, दिदि बहिनी तथा दाज़ु भाईहरू लगायत आदारणॆय पंजीकृत सदस्य ज्यूहरुमा म लगायत कार्य समितिका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु निर्बिरोध निर्बाचित गराउन महत्वपुर्ण भूमिका खेल्ने सम्पुर्ण एनआरएनए अभियन्ता तथा अग्रजहरु साथै कार्यसमिति चयन समिति लगायत आ-आफ्नो महत्वपुर्ण भूमिका खेल्नु हुने सबै अग्रजहरुमा हार्दिक आभार गर्दछु ।
आफ्नो अमुल्य समय दिएर नवौ राष्ट्रीय महाधिवेशनलाई सफल बनाउन उपश्थि भई शुभकामना दिनु हुने प्रमुख अतिथि, बिशेष अतिथिहरु, अतिथिहरु सम्पूर्णमा मेरो ब्यक्तिगत र नबनिर्बाचित कार्यसमितिको तर्फबाट हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दछौ ।
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij