काठमाडौं । गैरआवासीय नेपालि संघ (एनआरएनए) ् राष्ट्रिय समन्वय परिषद कतारको नवौं राष्ट्रिय महाधिवेशन भर्चुअल हुने भएको छ । एनआरएनए कतारका महासचिव पदम गिरिले एक सूचना जारी गर्दै यही जुलाई १६ मा महाधिवेशन हुने भएकाले कतारमा स्थापित सम्पूर्ण संघ संस्था, प्रमुख तथा प्रतिनिधिहरू साथै पञ्जिकृत सदस्यहरु सबैमा सहभागितका लागि अनुरोध गरेका छन् ।
सूचना
कतारमा स्थापित सम्पूर्ण संघ संस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू साथै पञ्जिकृत सदस्य ज्युहरु सबैमा हार्दिक नमस्कार!
विषय: एनसीसी कतारको नवौं राष्ट्रिय महाधिवेशनमा सहभागी सम्बन्धमा।
उपरोक्त सम्बन्धमा गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद कतारको नवौं राष्ट्रिय महाधिवेशन अनलाइन भर्चुअल जुम मार्फत तल उल्लेखित मिति र समयमा हुन गइरहेको जानकारी गराउदै यहाँहरुको गरिमामय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
सहभागिताको लागि तल उल्लेखित मिटिङ्ग आईडी र पासवर्डको प्रयोग गरि लिन्क लगिन गर्नुहोला।
मिति: १६ जुलाई २०२१,शुक्रबार
समय: दिनको १२:३० बजे देखि
सहभागिताको लागि तल उल्लेखित मिटिङ्ग आईडी र पासकोड प्रयोग गरि लिन्क लगिन गर्नुहोला।
Join Zoom Meeting
https://zoom.us/j/98723269266…
Meeting ID: 987 2326 9266
Passcode: 2021
पदम गिरी
महासचिव
एनसीसी कतार