बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

बालबालिकाको क्वारेन्टाइनबारे कतारको जनस्वास्थ्य मन्त्रालयद्वारा यस्तो छ नयाँ व्यवस्था

आइतबार, असार २७ २०७८

मोहम्मद रमजान अलीमियाँ

कतार(जस)– बालबालिकाको क्वारेन्टाइन बारे कतारको जनस्वास्थ्य मन्त्रालय द्वारा केहि सहजीकरण गर्दै जारी गरेको ताजा अपडेट यस प्रकार रहेको छ।
१ वर्ष देखि ११ वर्ष सम्मका बालबालिकाले कुनै पनि क्वारेन्टाइन बस्नु पर्दैन।न होटेल न घर क्वारेन्टाइन।तर बाबुआमा दुवैले भने कोभिड विरुद्धको खोपको दुवै डोज लगाइसकेको हुनु पर्नेछ।
१२ वर्ष देखि १७ वर्ष सम्मका तिं बालबालिका जो
भ्याक्सिन लगाएका (Covid-19 Vaccinated parents) अभिभावक संग रेड जोन (नेपाल ,भारत,पाकिस्तान ,बङ्गलादेश आदि) बाट कतार प्रवेश गर्नेछन र उनीहरुले ( बालबालिकाले) कोभिड विरुद्धको भ्याक्सिन लगाएका छैनन भने उनीहरुले १० दिन होम क्वारेन्टाइन बस्नु पर्नेछ।यसैगरी यदि कोभिड विरुद्धको खोप नलगाई ग्रीन जोन बाट कतार प्रवेश गर्दैछन भने ५ दिन होम क्वारेन्टाइन अनिवार्य छ।खोप नलगाई यल्लो जोनका देशहरू बाट कतार प्रवेश गर्दैछन भने ७ दिन होम क्वारेन्टाइन अनिवार्य गरिएको छ।यद्यपि कतार बाट बाहिरिंदा र कतार प्रवेश गर्दा ७२ घन्टा अगाडिको आर टि पि सि आर भने अनिवार्य रहेको छ।यो जानकारी हिजो मिति ९ जुलाईमा नै कतारको जनस्वास्थ्य मन्त्रालयले आफ्नो बिज्ञप्तिमा जनाइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार