बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए कतारमा मुक्तदा समुहको कार्यसमिति निर्विरोध, अध्यक्षमा दुई कार्यकालको रेकर्ड बनाए मुक्तदाले

आइतबार, असार २७ २०७८

कतार(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति कतारमा सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको छ । इतिहासमै पहिलोपटक सम्पूर्ण कार्यसमिति निर्विरोध र अध्यक्ष दुई कार्यकालको नयाँ रेकर्ड पनि बनेको छ । एनआरएनए कतारको जुलाई ९ मा हुने नवौं महाधिवेशनमार्फत २०२१–२०२३ कार्यकालको नयाँ कार्यसमिति चयनको कार्यसूची भएपनि सबै कार्यसमिति निर्विरोध भएसँगै चुनावी प्रक्रियामा प्रवेश नै गर्नु परेन ।
यसअघि उम्मेदवारी मनोनयन फिर्ता लिने समयावधिभित्रै अध्यक्षलगायत धेरै पदाधिकारीहरुले उम्मेदवारी फिर्ता लिएपछि एनआरएनए एनसीसी कतारको अध्यक्षमा वर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान निर्विरोध निर्बाचित भएका थिए । अध्यक्षका अर्का उम्मेदवार चुडामणि कार्कीलगायत अन्य पदका उम्मेदवारले उम्मदवारी फिर्ता गरेपछि मुक्तदाको प्यानल निर्बिरोध निर्बाचित भएको थियो । जुलाई २ सम्म तोकिएको उम्मेदवारी फिर्ता लिने समयावधिभित्र कार्कीको समुहले उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत उम्मेदवारहरुको नामावली निर्वाचन समितिले प्रकाशन गरेको थियो । त्यतिबेला धेरै कार्यसमितिका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएपनि सहकोषाध्यक्ष र केन्द्रिय प्रतिनिधिमा भने निर्वाचन नै हुने बताएको थियो । तर, अन्तिममा सबै पदमो सहमति भएसँगै सम्पूर्ण कार्यसमिति नै निर्विरोध भएको निर्वाचन समितिका संयोजक रमेश भट्टले बताए ।
निर्बिरोध निर्वाचित भएका आईसिसि सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक कुमार खड्का (कुमार), अर्षद हुसेन मुसलमान, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी(कुमार) र तेज कटुवाल रहेका छन । यसैगरी अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान, प्रथम उपाध्यक्षमा जैवी राई, द्धितिय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री निर्बिरोध निर्बाचित भएका छन । यसैगरी महासचिवमा पदम गिरी, सचिवमा रबिन थापा मगर र दिपजंग शाह र कोषाध्यक्षमा बिनोद प्रसाद बसौला निर्विरोध निर्वाचित भएका छन भने सह–कोषाध्यक्षमा बालकृष्ण न्यौपाने विजयी भएका छन् ।

 

निर्बाचित कार्यसमिति :

https://nrnaqatar.org/wp-content/uploads/2021/07/Unopposed-Elected-Candidacy-List-of-NCC-Qatar-for-the-Tenure-of-2021-2023.pdf?fbclid=IwAR3YUnEx7iMbPeIk_NxmaQDa-StbVxZtOHfmgbAWoyiek8T3mkiFrtMIooY

यसैगरी नानु घले ब्लोन महिला संयोजकमा र युवा संयोजकमा डेक ब.भारती (सुमन) निर्बिरोध निर्बाचित भएका छन । निर्वाचन समितिको मापदण्ड अनुसार लेखा समिति सदस्यमा उम्मेदवारी दिएका सन्तोष रेग्मीे लेखा समिति संयोजक, टीकाराम गौतम (अमित) र गणेश भट्ट निर्बिरोध निर्बाचित भएका छन् । यसैगरी एनआरएनए एनसीसी कतारकोे सदस्यमा तारानाथ बास्तोला (पवन), सेवक बि.क., खडक बहादुर पा फागो, नारायण प्रसाद ढुङगांना, मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष), बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, मोहम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्री, जय प्रकाश यादव, मोहम्मद मेराजुद्दीन, रामबाबु यादव र अगन्धर देवकोटाको मात्रै उम्मेदवारी परेकाले उनीहरु निर्बिरोध निर्बाचित भएका छन् ।
मुक्तदाको समुहलाई कतारमा रहेका जनप्रगतिशिल मन्च कतार, जनसम्पर्क समिति कतार, प्रबासी नेपालि मञ्च नेपाल समुह कतार, नेपाली समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासङ्घ कतार, अन्तराष्ट्रिय मुस्लिम समालगायत कतारका ९० प्रतिशतभन्दा बढी संघ÷संस्थाहरुले समर्थन गरेका थिए । कतार स्थित संघ÷संस्थाहरुले समर्थन गरेपछि मुक्तदा समुह निर्बिरोध निर्बाचित भएको हो ।

जनसवाल राष्ट्रिय दैनिकको २०७८ असार २७ गते आइतबारको इपेपर
http://www.janasawal.com/epaper/2021/07/11/3537/

प्रतिक्रिया
सम्बन्धित समाचार