दोहा – कतारमा १२ जुलाई २०२१ बाट लागू हुने क्वारेन्टाइन सम्बन्धि नयाँ नियमको ब्याख्या लाई साधारण भाषामा यसरी बुझौं ……………..
(१)कतारमा कोभिड विरुद्धको भ्याक्सिनको दुवै डोज लगाइसकेका र हाल नेपालमा भएका सबैले र अब दुवै डोज लगाएर नेपाल फर्किन लाग्नु भएकाहरुले कतार फर्कदा होटेल वा होम क्वारेन्टाइन बस्नु नपर्ने नियम १२ जुलाइ २०२१ बाट लागू हुने भएको छ।
(२)यसैगरी कतारमा मान्यता प्राप्त कुनै पनि भ्याक्सिन जस्तै फाइजर,मोर्डेना,जोन्सोन एन्ड जोन्सोन,एस्ट्राजेनिका नेपालमा लगाउनु भएको छ भने पनि क्वारेन्टाइन बस्नु पर्दैन।
पछिल्लो ९ महिनाको अन्तरालमा कसैलाइ कोरोना संक्रमण भएको तर उसले कतारमा मान्यता प्राप्त खोपको १ डोज मात्रै लगाएको छ भने पनि उसले होटेल क्वारेन्टाइन बस्नु पर्दैन।
कुनै परिवार संग सानो बच्चा(शिशु) सङ्गै छ र बाबू आमा मध्ये कुनै १ जना सङ्गै यात्रा गर्दैछ र अभिभावकले कतारमा मान्य भ्याक्सिनको दुवै डोज लगाइसक्नु भएको छ भने बच्चा पनि भ्याक्सिनेट मानिने छ र उ अभिभावक संग घर आउने सक्ने छ।क्वारेन्टाइन बस्नु पर्दैन।
(३)तर कतारमा मान्यता प्राप्त नभएको कुनै पनि भ्याक्सिनको एक अथवा दुवै डोज (जस्तै सिनोफर्म,भेरोसेल,कोभिसिल्ड आदि) लगाइसक्नु भएको छ भने पनि १० दिन होटल क्वारेन्टाइन भने बस्नु पर्ने छ।
(४)नेपाललाई कतारले हाल सम्म पनि रेड जोनको सुची मै राखेको हुनाले अन्य ग्रीन जोनमा भएको मुलुक बाट कतार प्रवेश गर्न चाहेमा सोही मुलुकमा १० दिन होटेल क्वारेन्टाइन बसेर आएको प्रमाण पेश गरे मात्र कतार प्रवेशको अनुमति दिइने छ अन्यथा प्रवेशमा रोक लगाइने छ।
(५)रेड जोनको सुचिमा रहेका मुलुकहरु बाट कतार आइसके पछि क्वारेन्टाइन बस्नु नपर्ने भएपनि कतारको हमद अन्तर्राष्ट्रिय बिमानस्थलमा गरिने पि सि आर टेष्ट भने अब पनि गरिने छ।तर ग्रिन र यल्लो जोनको सुचिमा रहेका देशहरू बाट आउनेहरुको भने एयरपोर्टमा पि सि आर गर्नु पर्ने छैन।
(६)आफू नेपाल बाट कतार फर्किंदा १२ घण्टा अगाडि www.ehteraz.com.qa मा आफ्नो यात्रा रजिस्टर गर्न भने नबिर्सनु होला।
(७)१२ जुलाई बाट कतारको निम्ति भिजिट भिषा,फेमिली भिषा र बिजिनेस भिषा पनि खुल्ला गरिने जनाइएको छ।क्वारेन्टाइन बस्न बाट बच्न सबै भिषा वाहकले कतारमा मान्यता भ्याक्सिनको दुवै डोज लिएको हुनु पर्नेछ।कतारमा अमान्य भ्याक्सिनको एक अथवा दुवै डोज लगाएको खण्डमा र भ्याक्सिन लगाएको १४ दिन नबितेको अवस्थामा पनि कतार आइ क्वारेन्टाइन बस्नु पर्ने छ।
(क)ग्रीन जोन ५ दिन होम क्वारेन्टाइन
(ख)येल्लो जोन ७ दिन होटेल क्वारेन्टाइन
(ग)रेड जोन १० दिन होटेल क्वारेन्टाइन बस्नु पर्नेछ।
(८) ४ बर्ष देखि १७ वर्ष सम्मकाहरु जस्ले भ्याक्सिन लगाएका छैनन् र कतार फर्कदैं छन भने उनिहरुले पनि आफ्नो भ्याक्सिनेटेट अभिभावक मध्ये १ जना संगै होटेल क्वारेन्टाइनमा बस्नु पर्नेछ।यो नियम पहिले पनि थियोे।
(९)कुनै ब्यक्ति यस्तो छ (गर्भवती महिला, स्तनपान गराइ रहेकी आमा,७५ वर्ष वा सो भन्दा बढी उमेरका मानिस जसले भ्याक्सिन लगाएको १४ दिन बितेको छैन चाहे १ डोज वाला होस चाहे २ डोज वाला होस।यदि उ कतार अथवा गल्फ भन्दा बाहिर अन्य ग्रीन जोनको सुचीमा भएको मुलुक बाट कतार फर्कदै छ भने ५ दिन होम क्वारेन्टाइन बस्नु पर्नेछ।
माथी उल्लेखित ब्यक्तिहरु मध्ये कोहि यदि Yellow Zone को सुचिमा भएको देशबाट कतार प्रवेश गर्दैछन भने उसले ७ दिन होटल क्वारेन्टाइन बस्नु पर्नेछ।यदि रेड जोनको सुचिमा भएको देश बाट कतार प्रवेश गर्दैछन भने १० दिन होटेल क्वारेन्टाइन बस्नु पर्नेछ।
संक्षिप्त्तमा भन्ने पर्दा क्वारेन्टाइन बस्न बाट बच्न भ्याक्सिन लगाएको १४ दिन पुग्नु अनिवार्य रहेछ।
यद्यपि कतार फर्कदा ७२ घन्टा अगाडिको आर टी पि सि आर भने सबैको लागि अनिवार्य नै रहेको
अनुवाद – मोहम्मद रमजान अली मियाँ
राष्ट्रिय मानव अधिकार समिति कतार