बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

इङ्ल्यान्ड पहिलोपटक युरोकप फुटबलको फाइनलमा प्रवेश, उपाधिका लागि इटालीसँग प्रतिस्पर्धा गर्ने

बिहिबार, असार २४ २०७८

काठमाडौं । इङ्ल्यान्ड पहिलोपटक युरोकपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भए पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।१०४औं मिनेटमा पाएको पेनाल्टीमा केन चुके पनि रिबाउन्डमा गोल गरे ।

३०औं मिनेटमा मिक्केल डाम्सगार्डको फ्रिकिक गोलमा डेनमार्कले अग्रता लिएपनि त्यसको ९ मिनेटपछि नै डेनमार्कका सिमोन कियारले आत्मघाती गोल गरे पछि खेल बराबरीमा पुगेको थियो ।

उपाधिका लागि इङ्ल्यान्डले इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार