बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए कतारमा मोहम्मद मुक्तदाको समुह निर्बिरोध निर्वाचित, निर्वाचित कार्यसमितिको नामावलीसहित

मंगलबार, असार २२ २०७८

दोहा,कतार । एनआरएनए कतारको आगामी जुलाइ ९ मा हुने नवौं महाधिवेशन मार्फत २०२१–२०२३ कार्यकालको नया कार्यसमिति चयनको लागि दिएको उम्मेद्धारी फिर्ता लिने समयावधि भित्रै अध्यक्षलगाएत धेरै पदाधिकारीहरुले उम्मेदवारी फिर्ता लिएपछि एनआरएनए एनसीसी कतारको अध्यक्षमा वर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान निर्विरोध निर्बाचित भएका छन । मुक्तदासँगै उम्मेदवारी दिएका प्राय सबै पदका उम्मेदवार निर्बिरोध निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ ।

अध्यक्षका अर्का उम्मेदवार चुडामणि कार्की लगाएत अन्य पदका उम्मेदवारले उम्मेद्धारी फिर्ता गरेपछी मुक्तदाको प्यानल निर्बिरोध निर्बाचित भएको हो । यहि २ जुलाईसम्म तोकीएको उम्मेद्धारी फिर्ता लिने समयावधिभित्र कार्कीको समुहले उम्मेदवारी फिर्ता लिएपछी सर्वसम्मत उम्मेदवारहरुको नामावली निर्वाचन समितिले प्रकाशन गरेको छ । धेरै कार्य समितिका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएपनि सहकोषाध्यक्ष र केन्द्रिय प्रतिनिधीमा भने निर्वाचन नै हुने सम्भावना रहेको निर्वाचन समितिका संयोजक रमेश भट्टले बताए ।

निर्बिरोध हुने आईसिसि सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक कुमार खड्का (कुमार), अर्षद हुसेन मुसलमान, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी(कुमार) र तेज कटुवाल रहेका छन । यसैगरी अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान, प्रथम उपाध्यक्षमा जैवी राई, द्धितिय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री निर्बिरोध निर्बाचित भएका छन ।

https://nrnaqatar.org/wp-content/uploads/2021/07/Final-Candidacy-list-for-NCC-working-committee-2021-2023.pdf?fbclid=IwAR3DJR7k3Om-CeRAz1Sd-PUtO0jGV3WvUxxaxvR10PNP7ffTVYcQV9u94cw

यसैगरि महासचिवमा पदम गिरी, सचिवमा रबिन थापा मगर र दिपजंग शाह र कोषाध्यक्षमा बिनोद प्रसाद बसौलाकोे एकल उम्मेद्धारी परेसंगै निर्विरोध निर्वाचित भएका छन ।
यसैगरी नानु घले ब्लोन महिला संयोजकमा र डेक ब.भारति (सुमन) निर्बिरोध निर्बाचित भएका छन । निर्वाचन समितिको मापदन्ड अनुसार लेखा समिति सदस्यमा उम्मेदवारी दिएका सन्तोष रेग्मीे लेखा समिति संयोजक , टिकाराम गौतम (अमित) र गणेश भट्टको मात्रै उम्मेदवारी परेकाले उनिहरु पनि निर्बिरोध निर्बाचित भएका थिए ।

यसैगरी एनआरएनए एनसीसी कतारकोे सदस्यमा तारानाथ बास्तोला (पवन), सेवक बि.क., खडक बहादुर पा फागो, नारायण प्रसाद ढुङगांना , मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष), बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, मोहम्मद इनजाद आलम, अब्दुल खालिक शेख ,दिनेश खत्रि, जय प्रकाश यादव, मोहम्मद मेराजुद्दीन ,रामबाबु यादव र अगन्धर देवकोटाको मात्रै उम्मेदवारी परेकाले उनीहरु निर्बिरोध निर्बाचित भएका छन ।

यता मिनराज वाग्ले , झबिन्द्र आचार्य, बालकृष्ण न्यौपानेले सहकोषाध्यक्षमा उम्मेदवारी यथाबत राखेपछी सहकोशाध्यक्षमा भने निर्बिरोध भएको छैन । मुक्तदाको समुहलाई कतारमा रहेका जनप्रगतिशिल मन्च कतार ,जनसम्पर्क समिति कतार , प्रबासि नेपालि मन्च नेपाल समुह कतार , नेपालि समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासङ्घ कतार , अन्तरास्ट्रीय मुस्लिम समाज लगाएत कतारका ९०% भन्दा बढि संघ/सँस्थाहरुले समर्थन गरेका छन यति धेरै कतार स्थित संघ/सँस्थाहरुले समर्थन गरेपछि मुक्तदा समुह निर्बिरोध निर्बाचित भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार