बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

युक्रेन अघि बढ्दा स्वीडेन स्तब्ध, युरोकप फुटबलको क्‍वाटरफाइनल समीकरण पूरा

बुधबार, असार १६ २०७८

काठमाडौं । जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको प्रि-क्‍वाटरफाइनलको अन्तिम खेलमा युक्रेन विजयी भएको छ । युक्रेनले स्वीडेनलाई २-१ गोलअन्तरले हराएको हो ।

युक्रेनको जीतमा ओलेक्सेन्डर जिन्चेन्को र आर्टेम डोभ्बिकले १-१ गोल गर्दा स्वीडेनका एमिल फोर्सबर्गले १ गोल गरे । निर्णायक गोल अतिरिक्त समयमा भएको थियो ।

खेलको २७औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा एमिल फोर्सबर्गले बराबरी गोल गरेपछि पहिलो हाफ १-१ मै सकिएको थियो ।

दोस्रो हाफमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय पनि सकिनै लाग्दा टाइब्रेकरमा पुग्ने जस्तो देखिइरहेका बेला युक्रेनका डोभ्बिकले जिन्चेन्कोको पासमा सनसनीपूर्ण गोल गर्दै टोलीलाई क्‍वाटरफाइनलमा पुर्याए ।

योसँगै युरोकप फुटबलको क्‍वाटरफाइनल समीकरण पनि पूरा भएको छ । युक्रेनले क्‍वाटरफाइनलमा इंग्ल्यान्डको सामना गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार