काठमाडौ(जस)- काठमाडौं उपत्यकामा मंगलबारदेखि किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने भएका छन् ।यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ ।
सोमबार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् । काठमाडौका प्रजिअ कालीप्रसाद बास्कोटाका अनुसार शर्तसहित ब्यबसाय सञ्चालन गर्न दिने निणर्य भएको हो ।