काठमाडौ । एनआरएनए कतारको आगामी जुलाइ ९ मा हुने नवौं महाधिवेशन मार्फत २०२१–२०२३ कार्यकालको नया कार्यसमिति चयनको लागि दिएको उम्मेद्धारी फिर्ता लिने समयावधि सकिए संगै नेतृत्वको लागि निर्वाचन हुने तय भएको छ । एनसीसी अध्यक्षमा वर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको जित सुनिश्चित भएपनि निर्विरोध हुन नदिन कोषाध्यक्ष चुडामणि कार्कीले उम्मेद्धारी फिर्ता गरेका छैनन ।यहि २७ जुन बेलुकी ७ बजे सम्म तोकीएको उम्मेद्धारी फिर्ता लिने समयावधि समाप्त भए संगै सर्वसम्मतको सम्भावना टरेको भन्दैे निर्वाचन समितिले उम्मेद्धारहरुको अन्तिम नामावलि प्रकाशन गरेको छ । केही कार्य समितिका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएपनि अन्य नेतृत्वको लागि भने निर्वाचन नै हुने सम्भावना रहेको निर्वाचन समितिका संयोजक रमेश भट्टले जानकारी दिए । आईसिसि सदस्यमा नरेश श्रेष्ठ , सरिता भण्डारी पौडेल, टंक बहादुर खड्का(कुमार),अर्षद हुसेन मुसलमान , पूर्ण बहादुर पोखरिया, रामु रेग्मी(कुमार) ,अर्जुन मुडभरी, तेज कटुवाल र मदसिर नजरको उम्मेदवारी कायमै रहेको छ । यसैगरी कार्यसमितिको प्रथम उपाध्यक्षमा जैवी राई र गफुर अहम्मद , द्धितिय उपाध्यक्षमा प्रेम चलाउने र केशबराज कार्की, महिला उपाध्यक्षमा अम्बिका खत्रीले उम्मेदवारी दिएकाेमा उनको मात्रै उम्मेदवारी परेकाले उनि निर्बिरोध निर्बाचित भएकि छिन । कार्यसमितिका महासचिव पदम गिरीले महासचिवमा उम्मेदवारी कायमै राखेका छन भने उनिसंगै अफसर अलि खानले पनी महासचिव पदमा आफ्नो उम्मेदवारी यथावत राखेका छन । रबिन थापा मगर, दिप जंग शाह, भवानी प्रसाद कोइराला र सुनिल कुमार घिमिरेले सचिव पदमा उम्मेदवारी दिएका छन भने बिनोद प्रसाद बसौलाकोे कोषाध्यक्षमा एकल उम्मेद्धारी परेसंगै निर्विरोध निर्वाचित भइसकेका छन । मिनराज वाग्ले , झबिन्द्र आचार्य, बालकृष्ण न्यौपानेले सहकोषाध्यक्षमा उम्मेदवारी दिएका छन । यसैगरी नानु घले ब्लोन र सन्ध्या अर्यालले महिला संयोजकमा ,डेक ब. भारति (सुमन) र मो. कलाम हुसेनले यूवा संयोजकमा आफ्नो उम्मेदवारी यथावत कायम नै गरेका छन ।
निर्वाचन समितिको मापदन्ड अनुसार लेखा समिति सदस्यमा उम्मेदवारी दिएका सन्तोष रेग्मीे लेखा समिति संयोजक , टिकाराम गौतम (अमित) र गणेश भट्टको मात्रै उम्मेदवारी परेकाले उनिहरु निर्बिरोध निर्बाचित भएका छन । यसैगरी एनसीसीकोे सदस्यमा सेवक बि.क., खडक बा. पा फागो, तारानाथ बास्तोला (पवन), नारायण प्रसाद ढुङगांना , मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष) बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, महोम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्रि, जय प्रकाश यादव, मोहम्मद मन्नान,राम गिरी, मो मजु दिन,रामबाबु यादव, अगन्धर देवकोटा, नियम शेख र टेक बहादुर नेपालीले उम्मेदवारी फिर्ता नलिने बताउदै निर्वाचनमा होमीएका छन । सर्वसम्मत नेतृत्व चयन गरि एनसीसी कतारलाई गतिशिल बनाउनुपर्ने समयमा कार्कीको समुह अनेक बखेडा गर्न निर्वाचनमा होमीएको कतारबासी एनसीसी सदस्यहरु बताउछन । कतारका एक एनसीसी सदस्य भन्छन,‘ कतारका बहुसंख्यक संघ संस्था र कतारबासी एनआरएनए सदस्यहरुको सर्मथन मुक्तदालाई नै छ,सवै तिरवाट उनको जित निश्चित हुदा पनि कार्कीले उम्मेद्धारी कायम गर्नु भनेको दुख दिने र निर्वाचन गर्न बाध्य पार्ने मनशाय शिवाय अरु केहि होइन ।’उनका अनुसार कार्कीले एनआरएनएलाई सबैको अपनत्व हुने साझा नेतृत्वको चयन गरि संसथाको गरिमा कायम राख्नु भन्दा गुटगत मानसिकताले ग्रस्त भएर उम्मेद्धारी दिएको बताउछन । कार्की ओली समुहको प्रगतिशिल मञ्चको तर्फबाट एनसीसीको अध्यक्षमा उम्मेद्धारी दिएका हुन । कतारको एनसीसी कार्यसमितिलाई सर्वसम्मत बनाउने प्रयत्न कार्कीको कारणले असर्मथ भएको कतारका एनआरएनएका अग्रजहरु बताउछन । जनसवाल दैनिकले कतारका पञ्जीकृत सदस्यहरुमा गरेको अनौपचारिक सर्भेक्षणमा मुक्तदाको पक्षमा ९५ प्रतिशत मत आउने प्रवल सम्भाबना देखिएको छ । भने कार्कीको पक्षमा ५ प्रतिशत मात्रै देखिन्छ । लज्जास्पद पराजय ब्यहोर्नु भन्दा उम्मेद्धारी फिर्ता लिनु बुद्धीमतापुर्ण हुने कतारबासी पञ्जीकृत सदस्यहरुले राय ब्यक्त गरेका छन ।
कार्कीलाइ कतारबासी बिभिन्न प्रवासी संगठनहरुले नेपालको प्रधानमन्त्री केपी ओलीको असंवैधानिक प्रतिगामि कदमको सर्मथन गर्ने प्रतिगमनकारी संगठनको प्रवासी नेता भएको को आरोप समेत लाग्ने गर्छ । पछिल्लो नेपालको राजनितिक अबस्थामा अन्य पाटीहरु केपी ओली बिरुद्ध मोर्चाबन्दी गरे जस्तै त्यसको प्रभाव प्रवासी संगठनहरुमा समेत देखिएको छ । ओलीको संसद बिघटनको कदमलाई कतारस्थित अोली इतरका प्रवासी संगठनहरुले संयुक्तरुपमा आपत्ती जनाएर मोर्चाबन्दी गरेका थिए । राजनैतिक रुपमा समेत कार्कीको छवी प्रतिगमनकारी केपी ओलीको असंवैधानिक संसद बिघटनलाई सर्मथन गरेको आरोप कतारबासी अन्य दलका प्रवासी संगठनहरु ल्गाउछन । कतारवासी प्रवासी संगठनका नेताहरु उनलाई ओलीको असंबैधानिक कदमको समर्थन गर्ने नेताको रुपमा लिएको हुनाले त्यसको प्रभाव उनको उम्मेद्धारीमा देखिने निश्चित छ ।मुक्तदाको पक्षमा खुलेर प्रवासी संगठनहरुले सहयोग सर्मथन गरिरहेका छन । मुक्तदालाई कतारमा रहेका जनप्रगतिशिल मन्च कतार ,जनसम्पर्क समिति कतार , प्रबासि नेपालि मन्च नेपाल समुह कतार , नेपालि समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासङ्घ कतार , अन्तरास्ट्रीय मुस्लिम समाज लगाएत कतारका ९०% संघ÷सँस्थाहरुले समर्थन गरेका छन यति धेरै कतार स्थित प्रवासी सँस्थाहरुले समर्थन गरेपछि अध्यक्षमा मुक्तदाको जित शुनिश्चित भएको हो ।



