बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कतारका नेपाली व्यवसायीले पठाएको एक करोड २० लाख बराबरको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण

आइतबार, असार १३ २०७८

काठमाडौ(जस)-नेपालीहरुको दुख सुखको सारथीको रुपमा सदैब क्रियाशील रहँदै आएका कतारमा रहेका नेपाली ब्यवसायीहरुले वर्तमान कोरोना संकटसँग जुध्न एक एक करोड २० लाख रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोगस्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेका छन । कतारबाट संकलित स्वास्थ्य सामाग्री आइतबार एक कार्यक्रमका बिच स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । कतारस्थित नेपाली व्यवसायीहरुकोे छाता संस्थाका रुपमा रहेको नेपाली व्यवासायी संघ कतारले भेन्टिलेटर १४ थान , अक्सिजन कन्सन्ट्रेटर ४२ थान, पल्स अक्सिमिटर २१०० थान, नेजल क्यानुला ५० थान गरि २२०६ थान स्वास्थ्य सामग्री आइतबार एकद्धार प्रणालीलाई अबलम्बन गर्दै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा नेपाल सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ डा. रोशन पोखरेलको सहभागिता रहेको थियो भने संघको तर्फबाट टि बि कार्की, शंकर न्यौपाने, पिताम्बर चापागाई , दिन्सन बोहरा, प्रेम चौलागाई ,मोहन अधिकारी, मधुकर रिजाल र दुर्गा थापाकाे सहभागिता रहेको थियो । हस्तान्तरित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका डा.रोशन पोखरेलले संघको सहयोग कार्यको प्रशंसा गर्दै संकटको घडीमा संघले गरेको सहयोगले मातृभुमि नेपाल र नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको पिडामा मल्हमको काम गरेको बताए ।


हस्तान्तरित स्वास्थ्य सामाग्री नेपाल सरकार मार्फत सात वटै प्रदेशमा बितरण गरिने डा.पोखरेलले जानकारी दिएका छन । संघका अध्यक्ष महेन्द्र चौलागाइका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि आव्हान गरिएको सहयोग अभियानमा ६८ जना व्यवसायीले १ लाखदेखि ८ लाख रुपैयाँसम्म सहयोग गरेका छन ।नेपाली व्यवसायी संघले सुरुवात गरेको यस मानवीय कार्यमा नासिर अलि अल अलि इन्टरप्राईजेजका अध्यक्ष नासिर अलि अल अलिले पनि कतारी रियल ३०००० (९ लाख ६० हजार नेपाली) सहयोग प्रदान गरेका छन् । अध्यक्ष चौलागाइले उक्त स्वास्थ्य सामाग्री नेपाल ल्याउन सहयोग पुर्याउने कतारका महामहिम राजदुत नारदनाथ भारद्वाज लगाएत दुतावास परिवार एवं सम्पूर्ण सहयोगी दाताहरु प्रति आभार प्रकट गरेका छन ।सहयोगी सबै हातहरुलाई संघका महासचिब रमेश भट्टले धन्यवाद व्यक्त गरेका छन ।
कतारमा क्रियाशील नेपाली संस्थामध्ये नेपाली व्यवासायी संघ (नेपाल बिजनेस एसोसिएसन) मात्रै कानुनी मान्यता पाएको संस्था हो । कतारमा साढे तीन लाख बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन्भने नेपाली व्यवसायीहरुले रेष्टरेन्ट, मेडिकल, निर्माण कन्ट्रक्सन, ग्यारेज, किराना पसल, श्रमिक आपूर्ति कम्पनीहरुलगायत विभिन्न व्यवसायमा लगानी गरेका छन् । नेपाली व्यवसायी संघले सुरुवात गरेको यस मानवीय कार्यमा नासिर अलि अल अलि इन्टरप्राईजेजका अध्यक्ष नासिर अलि अल अलिले पनि कतारी रियल ३०००० (९ लाख ६० हजार नेपाली) सहयोग प्रदान गरेका छन् ।





प्रतिक्रिया
सम्बन्धित समाचार