शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

अविरल वर्षाका कारण बनेपाको पुलबजार जलमग्न

शनिबार, असार १२ २०७८

बनेपा । केहि दिनदेखि परेको अविरल वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत बनेपाको पुलबजार जलमग्न भएको छ । पुण्यमाता र चण्डेश्वरी खोलामा आएको बाढीका कारण पुलबजार क्षेत्र जलमग्न भएको हो ।
निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधान नचलेको भएपनि निजी क्षेत्रका साना सवारी साधन सञ्चालनमा सामान्य अवरोध भएको स्थानीयले बताएका छन् ।
अरनिको राजमार्ग जलमग्न भएपछि त्यस क्षेत्रमा रहेका तरकारी बजारमासमेत पानी पसेको स्थानीयले बताएका छन् । हाल तरकारी पसल सञ्चालनमा नरहेकाले क्षति भने नभएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार