काठमाडौ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी तथा मोना एनईसिले संयुक्त रुपमा म्याग्दीका ६ वटा स्थानिय तहलाई २२ थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ । कोरोना महामारीको दोस्रो लहरका कारण सीर्जीत स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै बिश्वका बिभिन्न मुलुकमा रहेका म्याग्दीबासीहरुको सहयोग र समन्वयमा पठाइएका उक्त कन्सनट्रेटर बुधबार हस्तान्तरण गरिएको हो । म्याग्दी जिल्लाका ६ वटा स्थानीय तहलाई मोना आईईसी मार्फत १२ थान, बेनि अस्पतालमा मोना अस्ट्रेलियाबाट ३ थान, राखु समाज अस्ट्रेलियाबाट रघुगंगा गा.पा. वडा नं २ र ३को लागि १-१ थान, बेनी नपा घतानको लागि साउदीबाट ज्ञानेन्द्र कार्की, कृष्ण बहादुर चोखाल, रामुरत्न परियार तथा जापानबाट कुसल कार्की र बिकास कार्की ले १थान, बेनि नगरपालिका वडा नं ५ को स्वास्थ्य चौकीका लागि अस्ट्रेलियामा रहेका पुलाचौर बासीबाट २ थान, बेनि नगरपालिका वडा नं ५ चिप्लेटीमा झरना युथ कल्वबाट १ थान र जापान तथा कोरियामा रहेका म्याग्देलीहरुबाट बेनि नगरपालिका वडा नं १० लाई १ थान गरि मोना आईईसी मार्फत २२ थान अक्सिजन कन्सर्नट्रेटर हस्तान्तरण गरिएको होे । बिपदको बेला आफ्नो मातृ भुमी प्रतीको अगाढ प्रेम तथा कर्तव्य बोध गरि प्रवासमा रहेर एक जुट भै हातेमालो गर्ने सम्पुर्ण म्याग्देली लाइ मोना परिवारले आभार ब्यक्त गरेको छ । अक्जिन कन्सनट्रेटर संकलन अभियान सफल पार्न सहयोग गर्नेे सम्पुर्ण मोना एनईईसी तथा उक्त सामाग्री चीनाबाट नेपाल ल्याउन सहयोग पुर्याउने संस्थाका संरक्षक प्रकाश पुन र प्रमुख सल्लाहकार बिनोद कुवँरुलाई मोना परिवारले धन्यवाद ज्ञापन गरेको छ ।
