शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

ईश्वरलाल प्रतिष्ठान र साल्ट ट्रेडिङद्धारा बालबालिकालाई खाद्यान्न सहयोग

शुक्रबार, असार ११ २०७८

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान काठमाडौंले बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । काठमाडौ महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत ६० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको हो । कर्पोरेशन र प्रतिष्ठानले राहत स्वरुप बिहिबार उक्त सहयोग विद्यालयमै गएर उपलब्ध गराएको हो । प्रतिष्ठानकातर्फबाट अध्यक्ष प्रदिपलाल श्रेष्ठ राखि कर्पोरेशनका तर्फबाट बजार प्रबन्धक प्रज्वल प्रधानले सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल लगायतका सामाग्रीहरु रहेका छन् । ईश्वरलाल प्रतिष्ठान र साल्ट ट्रेडिङले संयुक्तरुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार