काठमाडौं । ‘ग्लोबल एनआरएनए सिगिंङ आइडल’को औपचारिक उद्घाटन एवं ओपनिङ्ग राउण्ड आज हुँदैछ । सोका लागि एनआरएनए मध्यपुर्व युवा संयोजक राज रेग्मी,ले सबैमा सहभागिका लागि आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय एवं राष्ट्रीय समन्व परिषदका सम्पूर्ण अग्रज अभियन्ताहरुमा सहभागिताका लागि रेग्मीले आग्रह ग।रेका हुन् ।
यस्तो छ कार्यक्रमको विवरण
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय एवं राष्ट्रीय समन्व परिषदका सम्पूर्ण अग्रज अभियन्ता ज्यूहरुमा नमस्कार!
उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा समतिको आयोजनामा भईरहेको Global NRN Singing Idol 2nd Generation पहिलो SEASON कार्यक्रमको डिजिटल अडिशन सफलता पूर्वक निर्धारित समयमा नै सम्पन्न भए पनि कोभिड १९ को दोस्रो भेरिएण्टका कारण डिजिटल अडिशन पछाडीका सम्पूर्ण चरणहरु स्थगित भएको र परिस्थिति सहज हुँदै गएको हुँदा कार्यक्रमको निरन्तरताका लागि १५ जुन २०२१ का दिन पत्रकार सम्मेलन मार्फत यहि आगामी १७ सेप्टेम्वर २०२१ तारिक सम्पन्न गर्ने गरि कार्यक्रमको नयाँ कार्यतालिका सार्वजनिक गरेको यहाँलाई अवगत नै छ । यस कार्यक्रमको औपचारिक उद्घाटन एवं ओपनिङ्ग राउण्ड यहि २५ जुन २०२१ शुक्रवारका दिन ११:०० बजे ( नेपाली समय) भर्चुअल प्रविधि मार्फत सम्पन्न हुन गईरहेको सहर्ष जानकारी यहाँहरु सबैलाई ईमेल मार्फ़त पहिलेनै जानकारी पनी गराईसकिएको हुँदा एही ग्रूप मार्फ़त फेरी पनी सबैमा उक्त कार्यक्रममा यहाँहरु सबैको गरिमामय उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछु ।
कार्यक्रम
मिती : २५ जुन, २०२१
समय : विहान ११ बजे (नेपाल समय)
माध्यम : जुम भर्चुअल
जुम लिंक : https://zoom.us/j/94610137892?pwd=OWZYQ3RiZjdjZnl1UWtLb1NRSk1JQT09
Meeting ID: 946 1013 7892
Passcode: 2021
राज रेग्मी,युवा संयोजक- एनआरएनए मध्यपुर्व
Join our Cloud HD Video Meeting
zoom.us