काठमाडौं । अब हरेक महिना २० देखि २५ तारिख सम्म क्यूभिसि अपोइन्टमेन्ट खुला हुने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठका अनुसार वैदेशिक रोजगारीको लागी कतार जानु पूर्व कतार भिसा सेन्टर (क्यूभिसि) मा स्वास्थ्य जाँच गर्नको लागी सबैले समान अवसर प्राप्त गरुन भन्ने उदेश्यले क्युभिसिसँग छलफल भए अनुसार सो व्यवस्था गरिएको हो ।
छलफलमा हरेक अङगे्जी महिनाको २० देखि २५ तारिखसम्म क्यूभिसि अपोइन्टमेन्ट खुला हुने र अन्य समस्या भएमा आपसी छलफल गरी सहज बनाउने सहमति भएको श्रेष्ठले बताए । यस्तै आउँदो २ हप्ताभित्र क्यूभिसि अपोईन्टमेन्टको स्लट सङख्या बढाईनेछ र अर्को १ महिना भित्र क्यूभिसि अपोईन्टमेन्ट स्लट बढाएर ६०० पुर्याउन कतारको आन्तरिक मन्त्रालयलाई प्रस्ताब गरिनेछ ।
लकडाउनको समय मे २ तारिखदेखि जुन ६ भित्र अपोइन्टमेन्ट लिई छुट हुन गएका आवेदकहरुको लागि मात्र शुरुको मिति देखि क्रमबद्घ रुपमा दैनिक १०० जनाको क्यूभिसि प्रक्रिया हुने क्युभिसीले बताएको छ । यस्तै हरेक शुक्रवार थप ४०० जनाको क्यूभिसि प्रक्रिया गरिने जनाईएको छ । यसैगरि रि मेडिकलको हकमा भिसा एक्स्पायरभन्दा पछाडि अपोइन्टमेन्ट मिति तोकिएमा सोको जानकारी क्यूभिसिमा गराएमा भिसा एक्स्पायरअगावै सेड्युएल मिलाई रिमेडिकल गर्ने ब्यावस्था मिलाईने क्युभिसिले जनाएको छ । क्युभिसिसँग बैदेशिक रोजगार ब्याबसायीहरुको छलफलपछी क्युभिसि र ब्यावसायीबिचको विवाद अन्त्य भएको छ ।